+
+
Shares

थप ७ जनामा कोरोना संक्रमण, २५ जना निको

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १६:०३

२४ चैत, काठमाडौं । । पछिल्लो २४ घण्टामा थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्‍यु भएको छैन ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ८१९ जनाको पीसीआर परीक्षणमा ७ जना र १ हजार ८४९ जनाको एन्टीजेन परीक्षणमा ० जना गरी ७ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट २५ जना निको भएका छन् भने हाल देशभर ७४७ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्‍ये ७१७ जना होम आइसोलेसनमा रहेका छन् भने ३० जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ११ जना आईसीयू र १ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

बिहीबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १८ हजार ६९२ पुगेको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या ११ हजार ९५१ पुगेको छ भने ९ लाख ६५ हजार ८४७जना संक्रमणमुक्त भएका छन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?