+
+

एनएमबि बैंक र दराजबीच सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २४ गते १९:०९

काठमाडौं । एनएमबि बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका रिटेल बैंक प्रमुख रोशन रेग्मी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका थिए ।

बैंकका अनुसार नयाँ वर्षको अवसरमा दराजमार्फत अनलाइन सपिङ गर्दा ग्राहकलाई १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ ।

२८ चैतदेखि सीमित समयका लागि डेबिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १० प्रतिशत वा एक हजार रुपैयाँसम्मको छुट र क्रेडिट कार्ड मार्फत अग्रिम भुक्तानीमा अधिकतम १५ प्रतिशत वा १ हजार ५०० सम्मको छुट प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।

उक्त छुट प्रप्त गर्न ग्राहकहरुले आफ्नो कार्डमा ई–कमर्स सक्रिय गर्नुपर्छ । बैंकले ग्राहकलाई आफ्नो कार्डमा ई–कमर्स सहजै सक्रिय गर्न सकिने र क्रेडिट कार्ड सरल प्रक्रियाबाट प्राप्त हुने जानकारी गराएको छ ।

यस सम्झौताको मुख्य उद्देश्य बैंकका ग्राहकहरुलाई नयाँ वर्षमा सजिलोसँग घरमै बसी अनलाइनबाटै सामान खरिद र भुक्तानी गर्दा छुट प्राप्त गर्न सकिने अवसर रहेको बैंकले जनाएको छ ।

यस सम्झौताले विशेष छुट उपलब्ध गराउने हुँदा ग्राहकहरुलाई विशेष सहयोग पुग्ने विश्वास दराजले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?