+
+

यी हुन् प्रविधि उद्योगका २० शीर्ष अर्बपति

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १६:०५

फोर्ब्स पत्रिकाले सार्वजनिक गरेको २०२२ को विश्वका अर्बपतिहरूको सूचीमा ३३२ जना अर्बपतिहरू प्रविधि क्षेत्रका रहेका छन् ।

गतवर्ष यस्तो संख्या ३६५ थियो । यद्यपि वित्तीय तथा लगानी र उत्पादन उद्योगको क्षेत्रपछि सबैभन्दा धेरै अर्बपति भएको तेस्रो आकर्षक क्षेत्र चाहिं सूचना प्रविधि क्षेत्र नै रहेको छ ।

वित्तीय तथा लगानीको क्षेत्रमा ३ सय ९३ जना अर्बपति रहेका छन् भने उत्पादन उद्योगको क्षेत्रमा ३३७ जना अर्बपति रहेका छन् ।

फोर्ब्सको सूचीमा परेका विश्वका प्रविधि क्षेत्रका अर्बपतिहरूको कुल सम्पत्ति २.१ ट्रिलियन डलर रहेको छ, जुन अघिल्लो वर्ष २.५ ट्रिलियन डलर थियो । यति हुँदाहुँदै पनि विश्वका अर्बपतिहरूको शीर्ष स्थान प्रविधि क्षेत्रका अर्बपतिहरुले नै कब्जा गरेका छन् ।

विश्वका टपटेन अर्बपतिहरूमध्ये ६ जना प्रविधि क्षेत्रकै छन् । स्मरण रहोस् फोर्ब्सले मेटाका सीईओ मार्क जुकरबर्ग तथा स्न्यापच्याटका संस्थापकहरू इभान स्पाइजेल र बबी मर्फीलाई प्रविधि क्षेत्रमा नराखेर मनोरञ्जन तथा सञ्चारको क्षेत्रका अर्बपतिको रुपमा वर्गीकरण गरेको छ ।

त्यस्तै रकेट कम्पनी स्पेस एक्स तथा विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सीईओ एलन मस्कलाई अटोमोटिभ क्षेत्रमा राखिएको छ । प्रविधि क्षेत्रका शीर्ष २० अर्बपतिहरूको सूची यस्तो छ :

१. जेफ बेजोस (अमेजनका संस्थापक) : १ खर्ब ७१ अर्ब डलर
२. बिल गेट्स (माइक्रोसफ्टका संस्थापक) : १ खर्ब २९ अर्ब डलर
३. ल्यारी पेज (गुगल) : १ खर्ब ११ अर्ब डलर
४. सर्गेइ बि्रन (गुगल) : १ खर्ब ७ अर्ब डलर
५. ल्यारी इलिसन (ओरेकल) : १ खर्ब ६ अर्ब डलर
६. स्टिभ बाल्मर (माइक्रोसफ्ट) : ९१ अर्ब ४० करोड डलर
७. माइकल डेल (डेल टेक्नोलोजिज) : ५५ अर्ब १० करोड डलर
८. म्याकेन्जी स्कट  (अमेजन) : ४३ अर्ब ६० करोड डलर
९. मा हुवाटेंग (टेनसेन्ट) : ३७ अर्ब २० करोड डलर
१०. शिव नादार (एचसिएल टेक्नोलोजिज) : २८ अर्ब ७० करोड डलर
११. विलियम लेइ डिंग (नेटिज) : २५ अर्ब २० डलर
१२. ज्याक मा (अलिबाबा) : २२ अर्ब ८० करोड डलर
१३. इरिक स्कमिडिट (गुगल) : २२ अर्ब १० करोड
१४. जेन्सेन हुआंग (एनभिडिया) : २० अर्ब ६० करोड डलर
१५. लरेन पावेल जब्स (एप्पल, डिज्नी) : १६ अर्ब ४० करोड डलर
१६. माइक क्यानोन ब्रूक्स (एटलासियन) : १५ अर्ब ३० करोड डलर
१७. पावेल डुरोभ (टेलिग्राम) : १५ अर्ब १० करोड डलर
१८. स्कट फार्कुहार (एटलासियन) : १५ अर्ब १० करोड डलर
१९. रोबर्ट पेरा (युबिक्युटी नेटवर्कस्) : १४ अर्ब ६० करोड डलर
२०. डेभिड डफिल्ड (वर्कडे) : १२ अर्ब ९० करोड डलर

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?