+
+

चौथो गुल्मी महोत्सव सुरु

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २५ गते १७:५१

२५ चैत, गुल्मी । गुल्मीको चिदीचौर खेल मैदानमा शुक्रबारदेखि चौथो गुल्मी महोत्सव सुरु भएको छ ।

‘गुल्मीको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ महोत्वस सुरु भएको हो । ४ वैशाखसम्म चल्ने महोत्सवको उद्घाटन गृहमन्त्री बालकृष्ण खाँणले गरेका छन् ।

महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, च्याउ लगायतका कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बनेका सामग्रीहरूको स्टल रहनेछन् ।

गुल्मी उद्योग वाणिज्य संघले प्रत्येक २ वर्षको अन्तरालमा महोत्सव गर्दै आएको थियो । तर कोरोना महामारीले गर्दा तोकिएको समयमा गर्न सकेको थिएन ।

संघका अध्यक्ष इश्वरीप्रसाद पौडेलका अनुसार महोत्सवमा ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ । महोसत्वमा दुई सय स्टल रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?