+
+

चितवनमा घाँस काट्न गएका व्यक्तिलाई बाघले बेपत्ता बनायो

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते १०:१८

२६, चैत, चितवन । चितवनको कुमरोजमा एक पुरूषलाई बाघले आक्रमण गरी बपत्ता बनाएको छ ।

खैरहनी नगरपालिका-१२ स्थित कुमरोज मध्यवर्ती सामुदायिक वनमा बिहान ९ बजेतिर घाँस काट्न गएका सोही ठाउँको जनकपुरमा घर भएका ६५ वर्षीय रामप्रसाद धमलालाई बाघले आक्रमण गरी बेपत्ता बनाएको हो ।

बाघले आक्रमण गरी लगेको भन्ने खबर स्थानीयले दिएपछि नेपाली सेनाको जनकपुर पोष्ट तथा इलाका प्रहरी कार्यालय खैरहनीबाट गएको प्रहरी टोलीले धमलाको खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?