+
+

प्युठानमा विप्लव पनि सत्ता गठबन्धनमा

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २६ गते १९:३१

२६ चैत, बुटवल । स्थानीय तहको निर्वाचनका लागि प्युठानमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा पनि सत्तारुढ गठबन्धनमा समावेश भएको छ ।

नेकपाले माण्डवी गाउँपालिकाको चुनावमा सबै पार्टीको अस्तित्व स्वीकार गर्ने गरी आगामी निर्वाचनमा नेपाली कांग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चासँग तालमेल गर्ने निर्णय गरेको हो ।

शुक्रबार गठबन्धनद्वारा जारी प्रेस विज्ञप्तिमा नेकपाका नेता हरि बस्नेतले हस्ताक्षर गरेका छन् । जिल्लाका नौ स्थानीय तहमध्ये माण्डवी गाउँपालिकालाई विप्लव नेतृत्वको नेकपाले आफ्नो प्रभाव क्षेत्रका रुपमा लिने गरेको छ ।

नेकपाभित्र निर्वाचनमा भाग लिने विषयमा मतभेद छ । पार्टीभित्रको वहुमत पक्ष निर्वाचनमा भाग लिन नहुने पक्षमा छ । तर महासचिव विप्लव पक्ष भने चुनावमा भाग लिने पक्षमा छ ।

हेर्नुहोस् संयुक्त विज्ञप्ति

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?