२७ चैत, दाङ । नयाँ वर्षको पूर्वसंध्यामा दाङसहित तीन सहरमा विविध सांगितीक कार्यक्रम हुने भएको छ ।
होटल पौवा प्रालीले शनिबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष २०७९ को अवसरमा दाङको भालुवाङ, भैरहवा र बुटवलसहित तीन सहरमा सांस्कृतिक कार्यक्रम गर्ने जानकारी दिएको हो ।
होटल पौवाका प्रमुख परिचालन अधिकारी कृष्ण गौतमले कोरोना भाइरसका कारण थलिएको पर्यटन तथा होटल व्यवसाय प्रवर्द्धन गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गर्न थालिएको बताए । स्थानीय कला संस्कृतिको संरक्षण गर्ने उद्देश्यले थारु समुदायको विशेष प्रस्तुति राखिने छ ।
चैत्र ३० गतेको हुने सांस्कृतिक कार्यक्रममा गायक पशुपति शर्मा, अस्मिता डल्लाकोटी, सुमन परियारलगायतका कलाकारको प्रस्तुति हुने आयोजकले जनाएको छ ।
७ वर्षदेखि सुरु भएको होटल पौवा दाङको भावलुबाङमा तीन वर्षदेखि सञ्चालनमा छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4