+
+

जनकपुरधामको मेयर उम्मेद्‍वारमा लोसपाले पठायाे प्रदेश सांसदसहित ५ जनाको नाम

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २७ गते २०:११

२७ चैत, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले जनकपुरधाम उपमहानगरपालिकाको मेयरका लागि ५ जनाको नाम सिफारिस गरेको छ ।

लोसपाको जनकपुरधाम नगर समितिको बैठकले प्रदेश सांसदसहित ५ जनाको नाम मेयरका लागि सिफारिस गरेको हो ।

मेयरका लागि प्रदेश सांसद परमेश्वर साह तथा सञ्जयकुमार चौधरी, मनोज चौधरी, अमर पजियार र जानकीराम साहको नाम सिफारिस गरेको हो । जानकीराम भने अहिले वडा नं. ७ का वडाध्यक्ष हुन् ।

उपमेयरका लागि वर्तमान उपमेयर रिता झासहित पुनम झा, विभा ठाकुर, विभा पाण्डे र पुनम साहको नाम प्रस्ताव गरिएको पार्टीका जिल्ला अध्यक्षसमेत रहेका सांसद परमेश्वर साहले जानकारी दिए ।

उनले पार्टीको नगर समितिले नाम सिफारिस गरे पनि यो सिफारिस जिल्ला समिति हुँदै प्रदेश र प्रदेशबाट केन्द्रीय समितिमा पठाइने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?