+
+

प्रधानमन्त्रीको स्पष्टीकरण : अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरमाथि कारबाही

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते १३:२६

२८ चैत, काठमाडौंं । प्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्रीलाई असहयोग गरेका कारण गभर्नरलाई कारबाही गर्नु परेको स्पष्टीकरण दिएका छन् । सरकारले शुक्रबार गभर्नर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न सर्वोच्च अदालतका पूर्वन्यायाधीशको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ समिति बनाएको थियो ।

त्यससँगै अधिकारी स्वतः निलम्बनमा परेका छन् । गभर्नरमाथि थालिएको कारबाहीको चौतर्फी आलोचना भएको छ । सोमबार सत्तारुढ दलहरुको बैठकमा नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापा र नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुनले अर्थतन्त्रको संकट र गभर्नरमाथि थालेको कारबाहीबारे प्रश्न गरेका थिए ।

प्रधानमन्त्री देउवाले भने अर्थमन्त्रीलाई असहयोग गरेका भनेको कारण कारबाही गरेको बताएका छन् ।

उनका अनुसार आफूलाई काम गर्न नदिएको र आफूले गरेका सबै काममा असहयोग गरेको अर्थमन्त्रीको गुनासो थियो ।

सत्तारुढ दलको बैठकमा प्रधानमन्त्री देउवाले भनेका छन्, ‘अर्थमन्त्रीजीले मलाई गभर्नरले एकदम धेरै असहयोग गर्‍यो भन्नुभयो । यस्तो बेलामा गभर्नरले सहयोग त गर्नुपर्‍यो नि !’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?