+
+

नसिव तामाङले जिते ‘हिमालय रोडिज सिजन ४’को उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २८ गते २२:१९

२८ चैत, काठमाडौं । टेलिभिजन रियालिटी शो ‘हिमालय रोडिज सिजन ४ को उपाधि नसिव तामाङले जितेका छन् । सोमबार राति प्रसारण भएको ग्राण्ड फिनालेमा अर्का फाइनलिस्ट रोशन श्रेष्ठलाई पछि सार्दै नसिवले हिमालय रोडिजको चौथो सिजनको उपाधि हात पारेका हुन् ।

उपाधिसँगै उनले नगद १० लाख रुपैयाँ, यामाहाको स्कुटर र ट्रफी प्राप्त गरे । प्रतिस्पर्धाका लागि लिइएको फाइनल टास्कलाई सबैभन्दा कम समयमा पूरा गरेपछि उनलाई विजेता घोषित गरिएको हो ।

तीन महिना अघिदेखि सुरु भएको हिमालय रोडिजको यो सिजनमा १८ जनाले प्रतिस्पर्धा गरेका थिए । यसपटकको संस्करणलाई सिजन अफ सर्भाइभल पनि भनिएको छ । निर्णायकमा रेमन श्रेष्ठ, अनुपविक्रम शाही, दीया मास्के, आशिष राना लाउरे र पहिलो संस्करणका विजेता समन श्रेष्ठ थिए । हिमालय रोडिजको यो सिजनलाई सिमोस सुनुवारले निर्देशन गरेका हुन् ।

भारतीय कम्पनी भायकमबाट लाइसेन्स लिएर नेपालमा निर्माण भएको रोडिज हिमालय टेलिभिजनबाट प्रसारण हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?