
२९ चैत, विराटनगर । निर्वाचन आयोग नेपालका प्रमुख आयुक्त दिनेश थपलियाले निर्वाचन तयारी रकेटको गतीमा रहेकाले रोक्न नमिल्ने बताएका छन् । निर्वाचन आयोगले विराटनगरमा गरेको कार्यक्रममा उनले निर्वाचन स्थगित गर्न नमिल्ने बताएका हुन् ।
‘गाडी छुटेको हैन, गाडी छुटेको भए ब्रेक लगाउन पनि सकिन्थ्यो । प्लेन भए नजिकै कुनै विमानस्थलमा अवतरण गराउनसक्ने अवस्था पनि रहन्थ्यो,’ उनले भने, ‘अहिले निर्वाचनको रकेट छुटिसकेको छ, गन्तव्यमा पुर्याउन नसके दुर्घटना हुन्छ ।’
उनले निर्वाचन आचारसंहिता पालना गर्न आाग्रह गरे । काङ्ग्रेस नेता सशांक कोइरालाले निर्वाचनमा ६ करोड खर्च भएको अभिव्यक्ति दिएपछि आयोगले स्पष्टीकरण सोधेको भन्दै उनले आचारसंहिता उल्लंघन गर्ने दलहरूसँग पनि जवाफ माग गरेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4