+
+

नेपालमा ‘केजीएफ-२’को क्रेज : बिहान ६ देखि राति साढे १० बजेसम्मका शो हाउसफुल

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते ११:५५

२९ चैत, काठमाडौं । नेपालमा दक्षिण भारतीय फिल्म ‘केजीएफ च्याप्टर २’को ओपनिङ ‘भव्य’ हुने देखिएको छ । मल्टिप्लेक्समा पहिलो सप्ताहन्तका तीन दिनकै टिकट अग्रिम बिक्री भइसकेको छ ।

पहिलोपटक नेपाली फिल्म इतिहासमा हलहरुले बिहान ६ बजे नै शो उपलब्ध गराएका छन् । सखारैका ती शोसमेत हाउसफुल छन् । अबेर राति साढे १० बजेको शोका पनि सबै टिकट बिक्री भइसकेका छन् ।

‘अहिलेसम्म मलाई बिहान ६ बजे नै हलमा शो भएको थाहा थिएन, त्यो पनि हाउसफुल,’ रञ्जना सिनेप्लेक्सका म्यानेजर विनोद पौडेलले अनलाइनखबरलाई भने, ‘केजीएफप्रतिको दर्शकको क्रेज निकै उच्च देखिएको छ ।’

एकाबिहानैको शो हाउसफुल हुनुलाई उनले दर्शकीय क्रेज भएको बताए । ‘सात-आठबजेदेखि त शोहरु हुने गर्थे । दबंग लगायतका फिल्ममा गरेको त्यही हो । बिहान ६ बजेको शोमा ट्रायल गरौं भनेर गरेको, हाउसफुल भयो,’ उनले भने ।

क्यूएफएक्स, बिग मुभिजले पनि बिहान ६ बजेदेखि नै शो दिएका छन् । राति साढे १० बजेको सबै शो शनिबारसम्म हाउसफुल छन् । भारतमा समेत बिहान ६ देखि मध्यरातसम्मकै शो हाउसफुल छन् । यसअघि ‘आरआरआर’को पनि मध्यरातमा शो थियो ।

झण्डै तीन घण्टाको कन्नड फिल्म ‘केजीएफ च्याप्टर २’ले क्यूएफएक्समा मात्रै बिहीबार ७५ शो पाएको छ । कुनै फिल्मले नेपाली हलमा पाएको यो अहिलेसम्मकै उच्च शो हो । वैशाख १ गते रिलिज हुने यो फिल्मसँग नेपालको‘ ए मेरो हजुर ४’ पनि रिलिज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?