+
+

भरतपुरमा गठबन्धन नमान्ने कांग्रेसका वडा सभापतिको निर्णय

बैठकको निर्णयमा भनिएको छ, ‘‍…मेयर, उपमयेरसहित सबै वडाहरुमा नेपाली कांग्रेसको अध्यक्षसहित ५ जनानै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो ।’

सुवास पण्डित सुवास पण्डित
२०७८ चैत २९ गते १७:३३

२९ चैत, चितवन । नेपाली कांग्रेसको भरतपुर महानगरपालिकाका वडा सभापतिहरुले महानगरपालिकाको कुनै पनि पदमा गठबन्धन नगर्न पार्टी नेतृत्वलाई खबरदारी गरेका छन् ।

जिल्ला पार्टी कार्यालय भरतपुरमा उपलब्ध २७ जना वडासभापतिको बैठकले महानगरपालिकाको मेयर, उपमेयर, वडाअध्यक्ष र वडासदस्य सबै पदमा पार्टीकै उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । यदि कुनै पदमा तालमेल गरी अरु दललाई दिएमा स्वतन्त्र उम्मेदवारी दिने चेतावनी पनि उनीहरुले दिएका छन् ।

‘नेपाली कांग्रेसको केन्द्र, जिल्ला तथा महानगरले गठबन्धन गर्ने निर्णय गरे पनि हामी वडा सभापतिहरु कुनै पनि गठबन्धन नगर्ने निर्णय गर्दछौं’ उनीहरुको निर्णयमा भनिएको छ ।

बैठकको अर्को निर्णयमा भनिएको छ, ‘‍…मेयर, उपमयेरसहित सबै वडाहरुमा नेपाली कांग्रेसको अध्यक्षसहित ५ जनानै उम्मेदवार उठाउने निर्णय गर्नुका साथै गठबन्धनका सबै उम्मेदवारलाई बहिस्कार गर्ने निर्णय गरियो ।’

उनीहरुले उक्त निर्णय जिल्ला सभापति राजेश्वर खनाललाई बुझाएका छन् । वडा नं. १५ का वडा सभापति ज्योतिप्रसाद कँडेलको अध्यक्षतामा बसेको वडा सभापतिहरुले बैठकले मेयर, उपमेयर, वडा अध्यक्षसहितका सबै सदस्यमा कांग्रेसको उम्मेदवार हुनुपर्ने निर्णय गरेको छ । त्यसो नभई अरु दललाई दिइएका पदमा कांग्रेसका तर्फबाट स्वतन्त्र उम्मेदवार उठाइने निर्णय बैठकले गरेको वडा सभापति ज्योति कँडेलले बताए ।

कांग्रेसका जिल्ला सभापति राजेश्वर खनालले वडा सभापतिहरुले बैठकको निर्णय आफूलाई बुझाएको बताए । ‘उहाँहरुले कुनै पनि हालतमा कांग्रेसको समर्थनमा अर्को पार्टीको मेयर बन्न हुन्न भन्ने निर्णय गर्नुभएको रहेछ’ सभापति खनालले भने, ‘उहाँहरुको भावनाको प्रतिनिधित्व पार्टीले पनि गर्दै आएको छ ।’

हेर्नुहोस् निर्णय

लेखकको बारेमा
सुवास पण्डित

पण्डित अनलाइनखबर डटकमका चितवन संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?