+
+

एमालेले वैशाख ९ गते स्थानीय तह निर्वाचनको घोषणापत्र जारी गर्ने

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत २९ गते १७:५१

२९ चैत, काठमाडौं। नेकपा एमालेले आगामी वैशाख ९ गते स्थानीय तहको निर्वाचनको घोषणापत्र जारी गर्ने भएको छ ।

मंगलवार पार्टीका नेताहरुले बुझाएको सुझावपत्र ग्रहण गर्दै नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले यसको जानकारी दिएका हुन् । वरिष्ठ उपाध्यक्ष पोखरेलले संविधानले स्थानीय तहलाई दिएको अधिकारलाई हक्का राखेर प्रतिवद्धता जारी गर्नुपर्ने बताए ।

उनले विगतमा गरेका कामको सम्झना गर्दै अब के गर्ने भन्ने कुराको ध्यान राखेर यसपटक नेकपा एमालेले गर्ने काम जनताले बुझ्ने गरेर निर्वाचनमा राख्ने बताए । उनले यस पटक नेकपा एमालेले जारी गर्ने स्थानीय तहको निर्वाचनको घोषणापत्र दुई किसिमका हुने जानकारी दिए ।

उनले केन्द्रबाट जारी गरिने घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि र स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्ने भन्ने बारेको रहने घोषणापत्र रहने बताए ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले केन्द्रिय तहबाट जारी गरिने घोषणात्रकै आधारमा ७५३ वटा नै पालिकाले प्रतिवद्धता पत्र जारी गर्ने पनि बताए ।

उनले भने, ‘हामी स्थानीय तहको निर्वाचनको घोषणापत्र तयारी गर्ने पिकमा छौँ । किनभने ९ गते हामी जारी गर्दैछौँ । हाम्रा घोषणाहरु दुई किसिमका हुनेछन् यसपटक । एउटा केन्द्रबाट जारी गरिनेछ, त्यो घोषणापत्रमा नेकपा एमालेले स्थानीय तहमा निर्वाचित भइसकेपछि स्थानीय सरकारमा नेतृत्व प्राप्त गरिसकेपछि कुन क्षेत्रमा कसरी काम गर्दछ ? त्यो प्रतिवद्धता पत्र पनि वैशाख ९ गते नै जारी गरिनेछ ।’

वरिष्ठ उपाध्यक्ष पोखरेलले घोषणापत्र र पतिवद्धता जारी गर्दा स्थानीय तह र प्रतिनिधिसभाको निर्वाचनमा गरिने प्रतिवद्धताहरुको फरक ठाउँ भएकोले छ्यासमिस गर्न नहुने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?