+
+

युक्रेनमा रुसले गरिरहेको हमलालाई बाइडनले भने ‘नरसंहार’

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १०:१४

३० चैत, काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडनले युक्रनेमा रुसले गरिरहेको हमलालाई नरसंहार भनेका छन् ।

अमेरिकाको आाइओवा राज्यमा भएको एक कार्यक्रममा बाइडनले युक्रेनमा भएको रुसी आक्रमणलाई नरसंहार भनेका हुन् ।

अमेरिकाले रुसी आक्रमणको आलोचन गर्दै आए पनि यति कडा टिप्पणी भने यसअघि गरेको थिएन ।

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनलाई नामेट पार्ने कोसिस गरिरहेका कारण आफूले नरसंहार शब्दको प्रयोग गरेको बाइडनले बताए ।

‘हो मैले नरसंहार भनें, अब यो स्पष्ट छ कि पुटिन युक्रेन छ भन्ने विचारलाई नै नामेट पार्न लागि परेका छन्, यस्तो प्रमाण फेला परेका छन्,’ उनले भने ।

यसअघि राजधानी किभ नजिकैको बुचा शहरमा यत्रतत्र शव भेटिएपछि युक्रेनी राष्ट्रपतिले भोलोदिमीर जेलेस्कीले रुसले नरसंहार गरेको बताएका थिए । बुचामा शव भेटिएपछि रुसमाथि युद्ध अपराधको आरोप पनि लाग्न थालेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?