+
+

कोरोना उपचारमा खटिएका करारका २५ प्रतिशत कर्मचारी राख्न स्वास्थ्य मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि करारमा नियुक्त भएका एक चौथाई अर्थात २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप निर्देशन दिएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०७८ चैत ३० गते १८:०८

चैत ३०, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना महामारी नियन्त्रणका लागि करारमा नियुक्त भएका एक चौथाई अर्थात २५ प्रतिशत कर्मचारीको मात्रै म्याद थप निर्देशन दिएको छ ।

बुधबार स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमितको संख्यामा कमी भएको बताउँदै शिक्षण अस्पताल, प्रतिष्ठान, अस्पताल तथा प्रयोगशालालाई पत्रचार गरी २५ प्रतिशत कर्मचारीको मात्रै म्याद गर्न निर्देशन दिएको हो ।

कोरोनाको उपचारका लागि स्वीकृत दरवन्दी अनुसार पदरिक्त भएमा जनशक्ती व्यस्थापन गर्न र करारमा भर्ना भएका कर्मचारीहरुको एक चौथाई अर्थात २५ प्रतिशत सख्या नबढने गरी २०७९ बैशाख महिनादेखि असार मसान्तसम्म महिना समय थप्न सकिने सचिवस्तरको निर्णय भएको मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?