+
+
WC Series
सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
चितवन राइनोज 2025
0/0
Shares

गैंडाकोट मौलाकालीमा ‘इला होटल’ सुरु

मौलाकाली केबुलकारको माथिल्लो स्टेसनमा रहेको इला होटलमा सुइट तथा डिलक्स सहित ६५ कोठा, १ हजार क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिम लगायत सुविधा उपलब्ध छन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ वैशाख २९ गते २०:१८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संस्कृति, पर्यटन र नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले इला होटल तथा रिसोर्टको उद्घाटन गरे ।
  • यसले मौलाकाली क्षेत्रको पर्यटन पूर्वाधारमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
  • मौलाकाली केबुलकार र होटलले स्थानीय आर्थिक गतिविधि र रोजगारीमा वृद्धि गर्ने सम्भावना बढाएको छ ।

२९ वैशाख, काठमाडौं । आईएमई ग्रुपको लगानीमा नवलपुर गैंडाकोट नगरपालिका–१ मौलाकालीमा ‘इला होटल तथा रिसोर्ट’ सोमबारदेखि सञ्चालनमा आएको छ ।

होटलको उद्घाटन संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले गरे । कार्यक्रममा पाण्डेले संस्कृति, विकास र साझेदारीको नमुनाका रूपमा मौलाकाली केबुलकार विकास भएको बताए ।

उनले संस्कृति, पर्यटन तथा हवाई नीति छिट्टै परिमार्जन गर्ने बताए । यो क्षेत्रको विकासमा देखिएका नीतिगत समस्या सम्बोधन हुने विश्वास उनको छ ।

इला होटल सञ्चालक एवं नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष तथा मौलाकाली केबुलकार लिमिटेड अध्यक्ष चन्द्रप्रसाद ढकालले आईएमई ग्रुपले मुलुकमा पर्यटन पूर्वाधार विकासमा लगानी गरेको उल्लेख गर्दै उपयुक्त वातावरण पाए थप लगानी गर्ने बताए ।

‘उपयुक्त वातावरण पायो भने निजी क्षेत्रले ठूलो लगानी गर्न सक्छ र विकास, रोजगारी र आर्थिक वृद्धिमा सरकारलाई सघाउन सक्छ । यो हाम्रो आत्मविश्वास हो । निजी क्षेत्रको यो आत्मविश्वासबाट लाभ लिएर आफ्नो क्षेत्रमा लगानी भित्र्याउन मुलुकका स्थानीय तहले प्रतिष्पर्धा गर्नुपर्छ भन्ने मलाई लाग्छ,’ उनले भने ।

गैंडाकोटका मेयर मदनभक्त अधिकारीले गंैडाकोटमा ठुल्ठूला पर्यटन पूर्वाधार बनेकोमा खुसी व्यक्त गर्दै निजी क्षेत्रलाई लगानी प्रोत्साहन गर्न आफूहरू तयार रहेको बताए ।

पूर्वमेयर छत्रराज पौडेलले पर्यटन पूर्वाधार विकासले स्थानीय स्तरमा आर्थिक गतिविधि बढेको बताए ।

मौलाकाली केबुलकारको माथिल्लो स्टेसनमा रहेको इला होटलमा सुइट तथा डिलक्स सहित ६५ कोठा, १ हजार क्षमताको ब्यांक्वेट तथा कन्फ्रेन्स हल, रेस्टुरेन्ट, स्विमिङ पुल, स्पा र जिम लगायत सुविधा उपलब्ध छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?