+
+

यसकारण महँगो होइन विद्युतीय सवारी

लोकेश वली  लोकेश वली 
२०७९ वैशाख १ गते १४:४६

नेपालमा विद्युतीय सवारी साधनहरुको अहिलेको अवस्था अन्त्यन्तै नाजुक छ ।  विद्युतीय सवारी साधनप्रति भ्रम र सरकारले गरेको बेवास्ताको कारण विद्युतीय सवारी साधनको सोचअनुसार चर्चा भइरहेको छैन ।

सामान्यतया नेपालीहरु एउटाले जे गर्‍यो, अर्कोले पनि त्यहि गर्ने स्वभावको हुन्छन्, विद्युतीय बसमा भने त्यस्तो खासै प्रतिस्पर्धा नै भएको छैन । पहिले हेर्ने, अनि ठीक छ कि छैन भनेर हेर्ने, अनि मात्रै आफूले गर्ने परिपाटी छ ।

पहिले गाउँघरमा एउटाले मिल राखेपछि अर्कोले पनि राख्थ्यो तर, सुरुमा कसले राख्ने भन्ने चलन हुन्थ्यो विद्युतीय गाडीमा ग्राहकहरुको अवस्था त्यस्तै  छ । केहिवर्ष अगाडिबाट यस्ता सवारी साधनहरुको चर्चा भएपनि नेपालमा ४ लाख चारपाङ्ग्रे सवारी साधनमध्ये ३ हजारको हारहारीमा मात्रै विद्युतीय सवारीहरु छन् । सबै ठाउँमा चार्जिङ स्टेसन छैन, ढिलो चार्ज हुन्छ । त्यसकारण आकर्षणमा कमी छ ।

केही समय अगाडि एकदम थोरै मान्छेले मात्रै विद्युतीय सवारी साधन प्र्रयोग गर्ने गर्थे, तर अहिले पेट्रोलको भाउ बढेपछि केही मान्छे विद्युतीय सवारीको बारेमा चासो राख्ने बढेका हुन् । सवारीबारे बुझ्न आउने अधिकांश मान्छेहरुले विद्युतीय सवारी साधन खरिद गर्न खोजेता पनि चार्जिङ स्टेसन नहुँदा भने पन्छिने गरेको पाइन्छ ।

विद्युतीय सवारी किन्नेमा अधिकांश काठमाडौं उपत्यका मान्छे छन् ।  काठमाडौं उपत्यका बाहिर विद्युतीय सवारी साधनहरुमा अलि अलि दुई पाङ्ग्रे भएतापनि चारपाङ्ग्रे भने अत्यन्तै कम छ । उपत्यकाबाहिर आफ्नै घरमा चार्ज गरेर हिँड्ने मात्रै मान्छे छन्, चार्जिङ स्टेसन छैन ।

विद्युतीय सवारी साधनमा मान्छेको चासो थपिएको देखिन्छ तर मुख्य कुरा काठमाडौंबाट झापा, नेपालगञ्ज, कैलाली जस्ता लामो दुरीमा जानको लागि चार्जिङ स्टेशन छैन, त्यसकारण पनि मान्छेहरु पेट्रेालियम सवारीहरुमा बढि जोड दिइरहेका हुन्छन्  ।

अब फेरि पेट्रोलियम पदार्थको भाउ बढ्दैछ, अहिले १ सय ६० रुपैयाँ पेट्रोल पुगिसक्यो । त्यसकारण पनि विद्युतीय सवारी साधन आवश्यक बन्दै गएको छ । विद्युतीय सवारी चलाउँन थालेपछि अर्को गाडी चलाउन नै मन लाग्दैन ।

विद्युुतीय गाडीमा आवाज आउँदैन, स्पिड मज्जाको हुन्छ । ‘स्मुथ’ हुन्छ, छुट्टै आनन्द आउँछ ।  विहान बेलुका अफिस आउने जाने, विद्युतीय गाडीहरु दैनिक कामको लागि धेरै राम्रो हुन्छ ।

महामारीलाई रोक्न लकडाउन पनि भयो, लकडाउन हुँदा काठमाडौं कति धेरै स्वच्छ देखिन्थ्यो । त्यो बेलामा काठमाडौंमा ध्वनी प्रदुषण, वायु प्रदुषण देखिएन नि । हो, विद्युतीय सवारी चलाउने हो भने त्यस्तै वातावरण सिर्जना हुन सक्छ । स्वच्छ वातावरण निर्माण गर्न पनि विद्युतीय गाडीको आवश्यक छ, मेरो युट्युब च्यानलहरुमा पनि त्यही कुरा देखाउँदै, भन्दै आएको छु ।

सरकारले पेट्रोलको भाउ बढ्यो भनेर पेट्रोल गाडीलाई जोर विजोर गर्ने भन्दै तयारी गरेका थियो, सरकार नै उल्लु छ पेट्रोल गाडी कम गर्न त विद्युतीय गाडी बढाउन पर्‍यो नि ! जाम कम गर्न ठूला सार्वजनिक गाडीहरु चलाउनुपर्छ, त्यो पनि विद्युतीय चलाउनुपर्छ । सरकारमा बस्नेहरुले हेक्का राख्नुपर्ने हो, सरकारमा बस्नेहरुले नै विद्युतीय गाडीको बारेमा बुझाउन सकिरहेका छैनन् ।

युवराज खतिवडा अर्थमन्त्री भएका बेला विद्युतीय सवारी साधनमा कर लगाउने निर्णय गरेपछि देशमा विद्युतीय सवारीमा कमी आएको देखिन्छ । अघिल्लो अर्थमन्त्रीको निर्णय विद्युतिय सवारीमा कर लगाउने निर्णय नुहँदो हो भने नेपालमा अहिले धेरै विद्युतीय सवारी साधनहरु देखिन्थे । 

महँगो हो ?

किन्ने बेला महँगो भन्ने अफवाह फैलिएको कारण पनि विद्युतीय सवारी साधनको प्रयोग कम भइरहेको देखिन्छ । मान्छेहरुलाई विद्युतीय सवारी साधन भन्ने बित्तिकै महँगो र ब्याट्री फेर्नु पर्ने भन्ने बुझाइ छ, तर त्यसो होइन । यसको सस्तो सञ्चालन लागत हेर्ने यसको मूल्य महँयो हैन ।

हामीले किन्दा मात्रै विद्युतीय गाडी पेट्रोलियम गाडी भन्दा महँगो हो, तर नेपालमा भन्सार छुट भएकोले यो गाडी तुलनत्मक रुपमा सस्तोमा पाइरहेका छौं । पेट्रोलियम गाडीमा जतिकै कर लगाउने हो भने यसको मूल्य धेरै नै माथि जान्छ ।

नेपालीहरुले सस्तो पाउने सामानमा गुणस्तरको प्रश्न उठ्ने गरेको छ, त्यसकारण पनि नेपालमा विद्युतीय सवारीलाई यहाँ ग्राहकहरुले धेरै महत्व दिएको देखिंदैन । हामीले सरकारले गरेको कर छुटको विषय पनि बुझाउन सकेनौं, विशेषगरी सरकारले नै विद्युतीय सवारीको बारेमा जनतालाई बुझाउन सकेको छैन ।

पछिल्लो समय केही गैरसरकारी कार्यालय, धेरै कर्मचारी भएका कार्यालयहरुले दैनिक छोटो दूरीको यात्रा गर्नको लागि विद्युतीय सवारी  चलाउन थालेका छन् । बल्ल फाट्टफुट्ट विद्युतीय सवारीहरु काठमाडौंको सडकहरुमा देखिन थालेका छ, तर यो पर्याप्त छैन ।

नेपालमा विद्युतीय सवारी साधनहरु धेरै नचल्नुमा यहाँको विक्री प्रणाली पनि कारक पनि हो । नेपालमा ग्राहकको छनोट अनुसारको विद्युतीय सवारीहरु पनि कम छ । ३-४ मोडलका गाडीहरु बाहेक नेपालमा विद्युतीय सवारी साधनहरु नै पाउने स्थिति छैन । हामीले अर्डर गरेको गाडी आउन नै ६ महिना लाग्छ । अहिलेको मान्छे ब्रान्डमा हेर्छन्, तर नेपालमा विद्युतीय सवारीको ‘अप्सन’हरु कम छ । तर, विस्तारै माग बढ्दै गएपछि ‘अप्सन’ थपिने सम्भावना भने छ ।

अब विद्युतीय सवारी साधन नेपालमा बढी भित्र्याउन सरकारले पर्याप्त चार्जिङ स्टेसनहरु बनाउनुपर्छर् । विद्युतीय सवारी साधनहरुको किन्दा हुने कर छुट, दीर्घकालीन फाइदाबारे बुझाउनुसक्नुपर्छ ।

मुख्य कुरा त काठमाडौं उपत्यकाभित्र चल्ने सरकारी सवारी साधनहरु नै विद्युतीय चलाउनुपर्छ । दैनिक प्रयोजन, कार्यालय आउजाउ, सामान्य बजारको किनमेलको लागि, भेटघाट गर्न जाँदा र हलुका कामको लागि विद्युतीय गाडी प्रयोग प्रोत्साहित गर्नुपर्छ । लामो यात्राको लागि, लोड गाडी प्रयोग गर्नको लागि छुट्टै पेट्रोल गाडी व्यवस्था र्दा हुन्छ ।

विद्युतीय गाडी प्रयोग गर्दा ३ कुरामा फाइदा हुन्छ । पहिलो कुरा हाम्रो आयातमा देखिएको व्यापार घाटा कम हुन्छ । दोस्रो कुरा विद्युतीय सवारीको चार्ज गर्दा प्रत्यक्ष रुपमा विद्युत प्राधिकरणलाई फाइदा हुन्छ ।

तेस्रो कुरा ध्वनी, वायु प्रदुषण कम हुन्छ ।  सरकारले यस्तो कुरा सर्वसाधरणदेखि सरकारी कार्यालयका हाकिमहरु सम्मलाई बुझाउन सक्नुपर्छ ।

(अमृत चिमरियासँगको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?