+
+

तीन महिनामा रशिलालाई ब्याडमिन्टनको तेश्रो उपाधि

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १ गते १५:२६

१ वैशाख, काठमाडौं । योनेक्स सनराइज दोस्रो प्रधानमन्त्री कप राष्ट्रिय खुला र्‍याङकिङ  ब्याडमिन्टन प्रतियोगितामा महिला सिङ्गल्सतर्फको उपाधि त्रिभुवन आर्मीकी रशिला महर्जनले जितेकी छिन् ।

आर्मीका खेलाडीद्वय रशिला महर्जन र अनुमाया राईबीच भएको प्रतिस्पर्धामा रशिलाले बाजी मारेकी हुन् ।

उनले अनुमायालाई २१–१२ र २१–१८ को सोझो सेटमा पराजित गरिन् ।

पहिलो सेटको सुरुवाती मिनेटदेखि नै खेल आफ्नो कब्जामा राखेकी रशिलाले पहिलो सेटमा २१–१२ को जित निकालिन् ।

पहिलो सेटमा केही लय बिगारेकी अनुमायाले दोस्रो सेटमा भने टक्करको प्रतिस्पर्धा दिएकी थिइन् । तर अन्तिम समयमा भने रशिला खेलमा हाबी भएकी हुन् र उनले दाेश्रो सेट २१–१८ ले जितिन् ।

रसिलाले यसअघि चैतमा सम्पन्न चौथो योनेक्स सनराइज जेष्ट राष्ट्रिय ब्याडमिन्टन र फागुनमा सम्पन्न भक्तपुर राष्ट्रव्यापी ब्याडमिन्टन च्याम्पियनसिपको उपाधी पनि जितेकी थिइन् ।

उपाधीसँगै रशिलाले १ लाख १५ हजार रुपैयाँ नगद पुरस्कार पाएकी छिन् । उपविजेता बनेकी अनुमायाले ५५ हजार तथा सेमिफाइनल पुगेका प्रार्थना देउवा र जेशिका गुरुङले २०/२० हजार हात पारेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?