+
+

वीर अस्पतालले दुवाकोटमा थाल्यो ल्याब र एक्सरे सेवा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख २ गते १३:०४

२ चैत, काठमाडौं । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) अन्तर्गतको वीर अस्पतालले भक्तपुरको दुवाकोटमा ल्याब तथा एक्सरे सेवा सुरु गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा. रोसन पोखरेलको उपस्थितिमा शुक्रबारबाट यो सेवा सञ्चालनमा ल्याइएको हो ।

कोरोनाअघि क्लिनिक सञ्चालन गर्दै आएको स्थानमा नै वीरले प्रयोगशाला र एक्सरे सेवा सुरु गरेको अस्पताल प्रमुख डा. भुपेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

‘हात–खुट्टा भाँचिएको, छातीलगायतका एक्सरे सेवा दिन्छौं । सुगर, रगत, मिर्गौला जाँच हुन्छ । साधारणतया सबै परीक्षण यहीबाट हुन्छ । ठूलो परीक्षण गर्नुपरेमा वीर अस्पतालमा लगेर यहीँबाट रिर्पोट दिन्छौं,’ डा. बस्नेतले भने ।
डा. बस्नेतका अनुसार अबको केही महिनाभित्रमै दुवाकोटमा विशेषज्ञ सेवा सञ्चालन गर्ने तयारी छ ।

पुरानो भवनबाटै क्लिनिक, ल्याब, प्रयोगशाला सञ्चालन गर्न एक चिकित्सकसहित ६ जना स्वास्थ्यकर्मी खटाइएको छ ।

अस्पताल निर्माणका लागि वित्तीय सहयोगका लागि सरकारको आग्रहपछि चिनियाँ विशेषज्ञ टोलीले स्थलगत अध्ययनसमेत गरेको थियो । तर त्यसका लागि चिनियाँ सरकारसँग अहिलेसम्म कुनै औपचारिक सहमति वा कुराकानी भएको छैन ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार यो परियोजनामा चीनले सहयोग नगरेको बुझिएको छ । सरकारले अन्य दर्ताको सहयोग मागिरहेको छ । २०७२ सालको भूकम्पपछि सरकारले वीर अस्पताल सार्ने प्रयास थालेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?