 
																			२ वैशाख, काठमाडौं । सीके राउत नेतृत्वको जनमत पार्टीले आफूसँग भएको सहमति कार्यान्वयन गर्न माग गरेको छ । राउतसहित पार्टीका नेताहरूले शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई भेटेर आफूहरूसँग सरकारले गरेका सम्झौता स्थानीय तह निर्वाचनअघि कार्यान्वयन गर्न माग गरेका हुन् ।
विभिन्न आरोपमा थुनामा रहेका पार्टीका नेता कार्यकतालाई रिहा गर्नुपर्ने, अभिव्यक्ति, स्वतन्त्रता र नागरिक हकको सम्मान हुनुपर्ने कृषिसम्बन्धी आफूहरूका माग पूरा गर्नुपर्ने जनमत पार्टीको माग छ ।
जवाफमा गृहमन्त्री खाँणले मुलधारको राजनीतिमा आएर निर्वाचनमा जाने तयारी गर्नु स्वागतयोग्य भएको बताएका छन् । साथै जनमत पार्टीसँग पूर्ववर्ती सरकारले गरेको सहमतिबमोजिम कानुन अनुरुप फिर्ता लिन मिल्ने मुद्दा फिर्ता लिन पहल गर्ने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4