+

एसियन कप छनोटका लागि फुटबलको प्रशिक्षण आजदेखि सुरु

२०७९ वैशाख  २ गते १३:५७ २०७९ वैशाख २ गते १३:५७
एसियन कप छनोटका लागि फुटबलको प्रशिक्षण आजदेखि सुरु

२ वैशाख, काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणका लासग नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षण आजदेखि सुरु भएको छ ।

झण्डै दुई महिनाको तयारीपछि नेपालले जुन दोस्रो साता कुवेतमा जोर्डन, कुवेत र फिलिपिन्ससँग खेल्नेछ । समूह ए को शीर्ष टोलीले अर्को वर्ष चीनमा हुने एसियन कप खेल्नेछ । दोस्रो हुनेका लागि उत्कृष्ट उपविजेताका रुपमा सम्भावना रहन्छ ।

एन्फाले बन्द प्रशिक्षणमा बोलाएका २५ जना खेलाडीले दशरथ रंगशालामा प्रशिक्षण सुरु गरेका हुन् । प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीका अनुसार दुई महिनाको तयारी र तीन÷चारवटा मैत्रीपूर्ण फुटबलको तयारी भएको बताएका छन् ।

नेपालले पहिलोपल्ट एसियन कप छनोटको तेस्रो चरण खेल्न लागेको हो । फिफा वरीयतामा बलिया टोलीविरुद्ध खेल्नुपर्ने भएकाले यसपल्ट नेपालले योभन्दा राम्रो सफलता पाउने सम्भावना कम छ ।

प्रशिक्षक अल्मुताइरीले त प्रष्टसँग भनेका छन्, ‘नेपालको एसियन कप छनोट हुने सम्भावना छैन ।’ उनले आफ्नो टिमको स्तर र विपक्षी टिमको क्षमताका आधारमा यस्तो टिप्पणी गरेका हुन् ।

प्रतियोगितामा नेपालले ७ जुन (जेठ २५)मा जोर्डन, ११ जुन (जेठ २८)मा कुवेत तथा १४ जुन (जेठ ३१)मा इण्डोनेसियासँग खेल्दैछ । यी तीनै टोलीमाथि नेपालले अहिलेसम्म विजय हासिल गर्न सकेको छैन ।

एसियन कप छनोटको निर्णायक चरणमा २४ टिमलाइृ ६ समूहमा विभाजन गरिएको छ । समूहको विजेता टोली सिधै छनोट हुनेछ भने ६ मध्ये ५ उत्कृष्ट उपविजेताले पनि अर्को वर्ष चीनमा खेल्न पाउनेछ ।

नेपाली टिमः किरण चेम्जोङ, दीप कार्की, विशाल श्रेष्ठ, अनन्त तामाङ, अन्जन विष्ट, एसिक विष्ट, आयुश घलान, विकास खवास, विमल घर्तीमगर, विशाल राई, दर्शन गुरुङ, देवेन्द्र तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, मनिष डाँगी, नवयुग श्रेष्ठ, पुजन उपर्कोटी, रोहित चन्द, सन्तोष तामाङ, सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यू ठकुरी, तेज तामाङ

एसियन कप फुटबल

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय