+
+

विराटनगरमा कांग्रेसबाट मेयरमा ७ र उपमेयरमा १२ जनाको नाम सिफारिस

हरि अधिकारी हरि अधिकारी
२०७९ वैशाख ३ गते १७:२१

३ वैशाख, विराटनगर । नेपाली काङ्ग्रेस विराटनगर महानगरपालिका समितिले मेयरमा सात जनाको नाम सिफारिस गरेको छ ।

शनिबार बसेको समितिको बैठकले मेयरका लागि नागेश कोइराला, दीपक चापागाईं, इन्दिरा कार्की, डिला संग्रौला, अमृत अर्याल, भीम पराजुली र गोपाल रेग्मीको नाम सिफारिस गरेको नगर सभापति दीपक चापागाईंले बताए ।

कोइराला, चापागाईं र कार्की शेखर कोइराला पक्षका हुन् भने संग्रौला, अर्याल, पराजुली र रेग्मी संस्थापन समूहका हुन् ।

उपमेयरका लागि निरज कोइराला, झुमा गौतम, प्रमिला गच्छदार, प्रमिला थापा, पुनम सिंह, जस्मिन मण्डल, पंकज बर्मा, दुर्गा कोइराला, सीता घिमिरे, सूची चौधरी, गीता सिलवाल र राजु मास्केको नाम सिफारिस गरिएको नगर सभापति चापागाईंले बताए ।

काङ्ग्रेसले विराटनगरमा गठबन्धन गर्न चाहेको छैन । सिफारिसमा परेका उम्मेदवारको राजनीतिक पृष्ठभूमि र जित्न सक्ने आधारसहित पार्टीको केन्द्रीय समितिमा नाम सिफारिस गरेको सभापति चापागाईंले जानकारी दिए ।

२०७४ सालको निर्वाचनमा कांग्रेसबाट भीम पराजुली विराटनगरको मेयरमा निर्वाचित भएका थिए । २०७४ सालको निर्वाचनमा अरु दलले तालमेल गरे पनि कांग्रेस एक्लै प्रतिस्पर्धा गरेको थियो ।

मेयरमा २३ हजार ३१ मत ल्याउँदै कांग्रेसका पराजुली निर्वाचित भएका हुँदा उनका प्रतिस्पर्धी एमाले–लोकतान्त्रिक गठबन्धनका उम्मेदवार एमाले नेता विनोद ढकालले १७ हजार ३ सय २१, माओवादी र संघीय समाजवादीका तर्फका मेयरका उम्मेदवार समाजवादीका नेता उमेशकुमार यादवले १४ हजार ९ सय ५८ मत ल्याएका थिए ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?