+

स्वाद र पौष्टिक तत्व नमर्ने गरी कसरी पकाउने तरकारी ?

२०७९ वैशाख  ४ गते १८:५८ २०७९ वैशाख ४ गते १८:५८
स्वाद र पौष्टिक तत्व नमर्ने गरी कसरी पकाउने तरकारी ?

काठमाडौं । हाम्रो भान्सामा विभिन्न प्रकारका सागसब्जीको प्रयोग हुन्छ । टमाटर, पालक, लौका जस्ता तरकारी पोषणले भरिपूर्ण हुन्छन् भने धनियाँ र कढीपत्ता औषधिको रुपमा पनि प्रयोग गर्न गरिन्छ ।

तर तरकारी पकाउने बेलामा भने हामी त्यति ख्याल भने गर्दैनौं । तरकारी पकाउँदा पौष्टिक तत्व नष्ट हुनेगरी धेरैबेर पकाउने गर्छौं ।

तरकारीलाई कम पकाएर त्यसमा भएको पोषक तत्वलाई बचाउन सकिने पोषणविद्हरु बताउँछन् ।

टमाटर

दाल, तरकारी र मासुजन्य खानेकुरामा टमाटरको प्रयोग गरिन्छ । तर टमाटरलाई जति धेरै पकायो त्यति नै त्यसमा भएको पोटासियम र भिटामिन सी नष्ट हुँदै जान्छ । काँचो टमाटर स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।

दालमा टमाटर राख्नु छ भने स-सानो गरेर काटेर पाकिसकेपछि माथिबाट राख्नुपर्छ । यसका साथै भेलपुरी,, चनाजोर गरम आदिमा राखेर पनि टमाटर खान सकिन्छ ।

पालक

शरीरमा आइरनको कमी भए चिकित्सकले पालकको तरकारी खान सल्लाह दिन्छन् । १०० ग्राम पालकमा ९१ प्रतिशत पानी र तीन ग्राम प्रोटिन पाइन्छ । यसमा भिटामिन सी, भिटामिन के, क्याल्सियम, फाइबर र ओमेगा-३ पाइन्छ ।

मांसाहारी परिवारका लागि पालक निकै फाइदाजनक मानिन्छ । पालकलाई पकाएर खाँदा त्यसमा भएको प्राकृतिक जल नष्ट हुन्छ । पालकलाई पकाएर खानु भन्दा सफा पानीमा उमालेर,  मनतातो पानीमा पकाएर तथा  पाकिसकेको दालमा काटेर राख्दा स्वास्थ्यका लागि लाभदायक मानिन्छ ।

यस्तो गर्दा दालमा स्वाद आउँछ भने पालकमा भएको पौष्टिक तत्व कायम रहन्छ ।

कुन्दरु

कुन्दरुमा मधुमेह नियन्त्रण  गर्ने गुण हुन्छ । यसमा फाइबर पाइने हुँदा यसले मोटोपन घटाउन मद्दत गर्छ । काँक्रा जस्तो गरी कुन्दरुलाई काँचै सलादका रुपमा प्रयोग गर्न सकिन्छ ।

यसका अतिरिक्त पुदिना, सिमला मिर्च, टुसा पलाएको अनाजलाई पनि काँचै खान सकिन्छ । सलादका रुपमा यसमा माथिबाट थप कागती, हरियो खुर्सानी, धनियाँ र प्याज समेत प्रयोग गर्न सकिन्छ ।

तरकारी पाककला
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय

फिचर

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

मिर्गौलाको ‘फिल्टर’ बिग्रने रोग : के हो ग्लोमेरुलोनेफ्राइटिस र आईजीए नेफ्रोप्याथी ?

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

बिहे गरेको २ वर्षसम्म बच्चा नभएपछि जाँच गर्दा पुरुषको पेटमा देखियो पाठेघर

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

सानो बच्चाले बारम्बार किन कान कोट्याउँछ ? हुन सक्छन् यस्ता समस्या

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

गर्भपतन : कानुनले ढोका खोल्यो, अब बाटो पनि सुरक्षित हुनुपर्छ

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

नेपालको पहिलो चिकित्सक जन्माउने त्रिपुरेश्वरको वैद्यचोक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक

एउटा चुरोटमा ७००० बढी रसायन : धूम्रपान गर्ने र नगर्नेको फोक्सोमा यस्तो हुन्छ फरक