+
+

नयनराज पाण्डेको उपन्यास ‘उलार’ अब नाटकमा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १२:५५

काठमाडौं । नयनराज पाण्डे लिखित चर्चित उपन्यास ‘उलार’ अब नाटकमा प्रस्तुत हुने भएको छ । वैशाख ६ गतेदेखि टेकुस्थित कौशी थिएटरमा नाटक मञ्चन हुने जनाइएको छ  ।

चे शंकरको निर्देशन र परिकल्पनामा नाटक मञ्चन गर्न लागिएको हो । नाटकमा सरिता गिरी, सबिर चुरौट, अरुण शर्मा, सञ्जय गुप्ता, शेखर चापागाईं लगायत मुख्य भूमिकामा छन् । गार्डेन थिएटरले कथा घेरासँग नाटक मञ्चनमा सहकार्य गर्न लागेको हो ।

शंकरको निर्देशनमा यसअघि सेम टाइम नेक्स इयर, लुक ब्याक इन एंगर, तिर्खा, ऊ मरेकी छैन, कोही किन बरबाद होस्, मिस्टर फक्स एण्ड स्कुल ब्वायलगायत नाटक प्रस्तुत भइसकेका छन् ।

२५ वर्षअघि प्रकाशित ‘उलार’ नेपालगञ्जको परिवेशमा लेखिएको स्थानीय नागरिकको संघर्षको कथा हो । पाण्डेको महत्वपूर्ण कृतिका रुपमा रहेको यो उपन्यासले उठाएका मुद्दा अहिले पनि नेपाली समाजमा सान्दर्भिक रहेको निर्देशक शंकरको भनाइ छ ।

निर्देशक शंकरका अनुसार नाटक मञ्चनका लागि एक महिनादेखि रिहर्सल गरिएको छ । वैशाख ६ देखि १८ सम्म नाटक मञ्चन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?