+
+

माओवादी केन्द्र दाङका इन्चार्ज गौतमले दिए राजीनामा

आभास बुढाथोकी आभास बुढाथोकी
२०७९ वैशाख ५ गते १२:५९

५ वैशाख, दाङ । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।

सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए ।

गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका थिए । त्यतिबेला पराजित भएका उनी मतका हिसाबले तेस्रो स्थानमा रहे ।

२०७४ सालको निर्वाचनमा पार्टीको तर्फबाट कोही चुनाव लड्न तयार नभएका बेला आफूले उम्मेदवारी दिएको गौतमले बताए । अहिले नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टी नरहेको उनले टिप्पणी गरे । माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको गौतमले बताए ।

तत्काल कुनै पार्टीको सदस्‍यता नलिने उनले बताए । उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

उनले नेकपा माओवादी केन्द्रमा लामो समय गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गएपछि आफूले पार्टी भित्र बस्न नचाहेको बताए । ‘निर्वाचनको मुखमा यो प्रवृति झन् बढ्दै गएपछि मैले स्वाभिमान जोगाउन पार्टी परित्याग गर्ने निर्णयमा पुगे’ उनले भने ।

यता, नेकमा माओवादी केन्द्रले घोराही उपमहानगरपालिको मेयरमा हेमराज शर्माको नाम अगाडि सारेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको थियो । सोही क्रममा स्थानीय तहको निर्वाचनको मुखमा गौतमले राजीनामा दिएका छन् ।

लेखकको बारेमा
आभास बुढाथोकी

बुढाथोकी अनलाइनखबरका संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?