+
+

प्युठानका पालिकामा गठबन्धनकै दलहरुबीच फरक फरक तालमेल

टोपराज शर्मा टोपराज शर्मा
२०७९ वैशाख ५ गते १५:२३

५ वैशाख, बुटवल । स्थानीय तहको निर्वाचनका लागि प्युठानका तीन पालिकामा पाँच दलीय गठबन्धनभित्रका केही दलबीच मात्रै सिट भागबण्डा भएको छ ।

स्वर्गद्वारी नगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाबीच सहमति भएको छ । नगरपालिकाको प्रमुख र ३ वटा वडा कांग्रेसलाई, उपप्रमुख सहित ४ वटा वडा राष्ट्रिय जनमोर्चालाई तथा नेकपा माओवादी केन्द्रलाई २ वटा वडा अध्यक्ष दिने सहमति भएको छ ।

यो पालिकामा गठबन्धनका एकीकृत समाजवादी र जनता समाजवादी पार्टीलाई भागबण्डामा सामेल गराइएको छैन ।

त्यस्तै झिमरुक गाउँपलिकामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल गर्ने सहमति भएको छ । यसअघि राष्ट्रिय जनमोर्चाले जितेको यस गाउँपालिकामा राष्ट्रिय जनमोर्चा, एकीकृत समाजवादी र जनता समाजवादीलाई सामेल नगराई दुई दल मात्रै मिलेर प्रतिस्पर्धा गर्ने समझदारी गरेका हुन् ।

पालिका अध्यक्ष माओवादीले र उपाध्यक्ष कांग्रेसले लिने समझदारी भएको छ । वडाअध्यक्ष तथा सदस्यहरु दुई दलको आपसी समझदारीका आधारमा टुंगो लगाइने  छ । माओवादीले पालिका अध्यक्षमा पितबहादुर एमसी र कांग्रेसले उपाध्यक्षमा प्रमोद पोखरेल उठाउने तयारी गरेको छ ।

यस्तै सरुमारानी गाउँपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच मात्रै तालमेल भएको छ ।

सहमति अनुसार अध्यक्ष नेपाली कांग्रेसले र उपाध्यक्ष माओवादी केन्द्रले पाउने छ । पालिकाको ४ वटा वडाध्यक्ष माओवादीलाई, तथा कांग्रेस र एकीकृत समाजवादीलाई एक–एक वडा दिने गरी सहमति भएको छ । यहाँ पनि राष्ट्रिय जनमोर्चा र जनता समाजवादी पार्टीलाई सिट बाँडफाँटमा सहभागी गराइएको छैन ।

लेखकको बारेमा
टोपराज शर्मा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?