+
+

विमानस्थलबाट सुन,मोबाइल र ल्यापटपसहित एकजना पक्राउ

प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित एकजनालाई पक्राउ गरेको छ।

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ५ गते १७:४४

५ वैशाख, काठमाडौं । प्रहरीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ४० ग्राम सुन, मोबाइल र ल्‍यापटपसहित एकजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा कैलारी गाउँपालिका-८ घर भएका भागदेव कठरिया थारु रहेका छन् ।

जजिरन एयरको विमानबाट दुबइबाट कुवेत हुँदै काठमाडौं आएका उनलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट सोमबार पक्राउ गरेको हो ।

प्रहरीले भागदेवले ल्‍याएको ४० ग्राम सुनको लकेट, एप्पलको म्‍याक बुक प्रो एमआई १४ तथा आइफोन १३ प्रो म्‍याक्स र आइफोन ११ प्रो म्‍याक्स फोन गरी करिब १० लाख ४ हजार ८०० मूल्‍य बराबरको सामान बरामद गरेको छ ।

पक्राउ परेका उनलाई बरामद सामानसहित आवश्यक अनुसन्धानको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा बुझाइएको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?