+
+

‘द कश्मीर फाइल्स’पछि ‘द दिल्ली फाइल्स’ बनाउँदै विवेक अग्निहोत्री

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १२:१०
फिल्म निर्देशक विवेक अग्निहोत्री

काठमाडौं । विवेक अग्निहोत्री निर्देशित ‘द कश्मीर फाइल्स’ लकडाउनपछि सबैभन्दा सफल भारतीय फिल्म बन्यो । कश्मिरी पण्डित सफायाको कथा भन्ने फिल्मले बक्स अफिसमा २५० करोड भारुभन्दा बढी कमाइ गरेको छ ।

फिल्म ब्लकबस्टर बनेसँगै निर्देशक अग्निहोत्रीले नयाँ फिल्म निर्माणको घोषणा गरेका छन् । जसको टाइटल राखिएको छ, ‘द दिल्ली फाइल्स’ ।

गत साता अग्निहोत्रीले फ्यानमाझ नयाँ फिल्म निर्माणको संकेत दिइसकेका थिए । भारतीय न्युज एजेन्सीसँग कुरा गर्दै उनले ‘द दिल्ली फाइल्स’ले सन् १९८६ को शिखविरोधी हिंसा र तमिलनाडुको यथार्थलाई चित्रण गर्ने बताएका छन् ।

‘दिल्लीले यति धेरै वर्षदेखि भारतलाई कसरी नष्ट गरिरहेको छ भन्ने प्रकाश फिल्मले पार्नेछ,’ निर्देशक अग्निहोत्रीले भने । सन् १९८४ को समय भारतीय इतिहासमा कालो वर्ष रहेको भन्दै उनले उक्त समयमा पञ्जाबमा भारतीय कांग्रेसले आतंकवादलाई मलजल गरेको समेत बताए ।

‘अहिलेसम्म त्यहाँ न्याय बहाली भएको छैन,’ उनले भने, ‘इतिहास तथ्यमा आधारित हुनुपर्छ न कि कुनै राजनीतिक एजेन्डा र उनीहरुको भाष्यमा आधारित ।’ अग्निहोत्रीले यसअघि चकलेट, जिद र हेट स्टोरी निर्देशन गरिसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?