+
+
Shares

लुम्बिनी प्रदेशका तत्कालीन सचिव अधिकारीसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १४:३७

६ वैशाख, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लुम्बिनी प्रदेश बुटवलका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारीसहित चार जनाविरुद्ध  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले लुम्बिनी प्रदेश बुटवल, रुपन्देहीका तत्कालीन प्रदेश सचिव बैकुण्ठ अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र आधुनिक कृषि किसान संसार संस्थाका प्रबन्ध निर्देशकविरुद्ध मुद्दा दायर गरेको छ ।

उनीहरुविरुद्ध ४३ लाख ३७ हजार ५०० रुपैयाँ माग दावी गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

उनीहरुविरुद्ध कृषि यान्त्रिकरण कार्यक्रममा मिनि टिलरको झुट्ठा बिल भरपाई बनाई/दोहोरो बिलको भुक्तानी लिने/दिने कार्य गरेको, त्यसैगरी सम्झौता अनुसारको इन्जिन क्षमताको मिनि टिलर खरिद नगरी कम इन्जिन क्षमताको मिनिटिलर खरिद गर्ने गराउने कार्य गरी प्रदेश सरकारलाई गैरकानूनी हानि पुर्‍याएको भन्‍दै भन्दै उजुरी परेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?