+
+

नेपालकाे अर्थतन्त्र संकटपूर्ण अवस्थामा छैन : उद्योग परिसंघ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १५:१८

६ वैशाख, काठमाडौं । नेपाल उद्योग परिसंघले नेपालकाे अर्थतन्त्र संकटपूर्ण अवस्थामा नरहेकाे दाबी गरेकाे छ ।

काठमाडौंमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर परिसंघले कुनै पनि सूचकहरुले अर्थतन्त्रकाे संकट जनाउने अवस्था नरहेको दाबी गरेको हो ।

‘अर्थतन्त्र संकटको अवस्थामा छैन, प्यानिक हुनुपर्ने अवस्था पनि छैन । तर चनाखाे भएर भने हिंड्नु पर्ने अवस्था छ,’ परिसंघका अध्यक्ष विष्णुप्रसाद अग्रवालले भने ।

नेपाल अहिले आर्थिक संकटको अवस्थामा नरहेको र संयमित भएर कार्य अघि बढाउनुपर्ने अवस्थामा रहेको भन्दै परिसंघले नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नमिल्ने बताएको छ ।

परिसंघले नेपाल र श्रीलंकाको कुल गाह्रस्थ उत्पादनको आकार दोब्बर अन्तर रहेको, कुल गाह्रस्थ उत्पादनको तुलनामा नेपालको कुल राष्ट्रिय ऋण ४०.५ प्रतिशत र श्रीलंकाको १११ प्रतिशत रहेको, कुल सञ्चिति ६.७ महिनाको वस्तु तथा सेवा आयात धान्न सक्ने रहेको तर श्रीलंकासँग एक महिनाको पनि वस्तु र सेवा आयात धान्न सक्ने अवस्था नरहेको भन्दै नेपालको अर्थतन्त्रलाई श्रीलंकासँग तुलना गर्न नमिल्ने बताएको हो । मुद्रास्फिति नेपालको ७ प्रतिशत रहँदा श्रीलंकाको २५ प्रतिशत रहेको परिसंघको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?