
६ वैशाख, हेटौंडा । हेटौंडा उपमहानगरपालिकामा गठबन्धन गर्न नहुने भन्दै कांग्रेसको एक समूहले पार्टीको हेटौंडा नगर समितिको कार्यालयमा तालाबन्दी गरेको छ ।
जिल्ला सदस्य सञ्चिता लुईंटेल र तरुण दलका नगर सभापति सुनिल गिरीसहितको नेता तथा कार्यकर्ताको टोलीले हेटौंडा उपमहानगरपालिका समितिको बैठक चलिरहेका बेला तालाबन्दी गरेका हुन् । बैठकमा उपमहानगरपालिका समितिका सभापतिसहित १९ वटै वडाका प्रतिनिधिहरु थिए ।
उनीहरुले गठबन्धनका कारण पार्टीले पाउने महत्वपूर्ण पद गुमाउनुपर्ने भन्दै गठबन्धन गर्न नहुने बताएका थिए ।
कार्यकर्ताले लगाएको ताला पार्टी सभापति बुद्ध लामाले प्रहरीको रोहबरमा खुलाएका थिए । सभापति लामाले गठबन्धन, निर्वाचन र टिकटको लागि ताला लगाइएको हुन सक्ने बताए ।
उनले अहिलेको बिषय जिल्लाको मात्र नभएको भन्दै तालाबन्दी गर्नेलाई कारवाहीको दायरामा ल्याइने बताए । हाल हेटौंडा उपमहानगरपालिकामा कांग्रेसबाट आनन्दराम पराजुली र प्रभातकुमार दाहाल मेयरको आकांक्षी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4