+
+

बालुवाटार पुगेका चिरिबाबुले भने – ललितपुरको टिकट पाउने मै हुँ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १६:१८

६ वैशाख, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफू फेरि मेयरमा उठ्ने बताएका छन् ।

प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका उनले पत्रकारसित ललितपुरमा आफूले नै टिकट पाउने दाबी गरे ।

टिकट पाउनु हुन्छ त भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘टिकट त पाउँछु नि, जितेको मेयर मै हुँ र जित्ने पनि मै हुँ ।’

तर आफूले देउवासँगको भेटमा मेयरको टिकट नमागेको पनि उनले स्पष्ट पारे ।

उनले ललितपुरमा यसअघि कांग्रेसले जितेका कुनै पनि ठाउँ नछाड्ने पनि बताए । महर्जनले भने, ‘मेयर उपमेयर र १० वटा वडा जितका छौं त्यो छाड्दैनौं ।’

तर सत्तारुढ गठबन्धनले गर्ने सहमतीको पेट बोलीलाई आफूहरुले सम्मान गर्ने उनले बताए ।

कांग्रेसबाट वर्तमान मेयर महर्जनसँगै प्रेमकृष्ण महर्जन ललितपुरको मेयरमा आकांक्षी छन् । दुबै कांग्रेसको संस्थापन समूहका हुन् ।

प्रेमकृष्णलाई केन्द्रीय सदस्य उदयशमशेर राणा, जीतजंग बस्नेतलगायतको साथ छ भने चिरिबाबुलाई पूर्वजिल्ला सभापति मदन अमात्य लगायतका नेताहरुले अघि बढाएका हुन् । महर्जन देउवाका प्रिय मानिन्छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?