+
+
Shares

दाङमा कांग्रेसले भन्यो : घोराही उपमहानगर माओवादीलाई दिन सकिन्न

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ६ गते १७:१५

६ वैशाख, दाङ । नेपाली कांग्रेसको घोराही नगर समितिले अघिल्लो निर्वाचनको मत परिणामलाई मुल्याङ्कन गरेर ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार चयन गर्नुपर्ने माग गरेको छ ।

नगर समितिले मंगलबार घोराहीमा पत्रकार सम्मेलन गरेर गठबन्धनका नाममा ०७४ सालको स्थानीय तह निर्वाचनको मुख्य प्रतिष्पर्धी पार्टीलाई अलग्याउँदा परिणाम राम्रो नआउने चेतावनी दिएको हो ।

गठबन्धनमा भागबन्डा गर्दा घोराही उपमहानगरपालिकाको मेयरमा माओवादी केन्द्रका उम्मेदवारले टिकट पाउने सम्भावना बढेपछि कांग्रेसले कमजोर जनमत भएको पार्टीलाई टिकट नदिन आग्रह नेतृत्वलाई आग्रह गरेको हो ।

‘अघिल्लो स्थानीय तह निर्वाचनको मत परिणाम र गठबन्धनले तयार गरेको उम्मेदवार चयनको मापदण्ड अनुसार घोराहीको नेतृत्वमा कांग्रेसको स्वाभाविक रुपमा हक छ’, नगर सभापति रावतले भने, ‘आफ्नो राम्रो जनमत भएको क्षेत्र कमजोर माओवादीलाई दिन सकिदैन ।’

उनले गत स्थानीय तह निर्वाचनमा घोराहीको नगर प्रमुख र उपप्रमुखका उम्मेदवारहरु जीवन गौतम र सीता चौधरीले माओवादी छोडिसकेकाले स्वभाविक रुपमा माओवादीले समेत कांग्रेसलाई सहयोग गर्नुपर्ने बताए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?