+
+

धनुषामा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा युवकको शव भेटियो

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ७ गते १९:४८

७ वैशाख, जनकपुरधाम । धनुषामा हात र खुट्टा बाँधेर हत्या गरेको अवस्थामा बुधबार एक युवकको शव भेटिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा- २१ कुर्थास्थित रामनारायण महासेठको पोखरीमा अन्दाजी २५ वर्षीय ती युवकको शव भेटिएको हो ।

युवकको हात र खुट्टा कपडाले बाँधिएको छ भने मुखमा धारिलो हतियारले प्रहार गरेको देखिएको प्रहरीले जनाएको छ ।

पानीमा शव तैरिरहेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । मृतकको पहिचान खुल्न सकेको छैन ।

युवकको शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरधाम ल्याइएको र यसबारेमा थप अनुसन्धान भइरहेको धनुषा प्रहरीका प्रवक्ता एवं डीएसपी जितेन्द्रकुमार बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?