+
+

प्रियंका चोपडाकी छोरीको नाम मालती म्यारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १२:५३
प्रियंका चोपडा र निक जोनस

काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र उनका पति एवं अमेरिकी गायक निक जोनस सरोगेसी विधिबाट अभिभावक बनेको सबैलाई थाहा छ । तर दुवैले आफूहरु छोरीको बुवाआमा बनेको कुरालाई भने लुकाउँदै आएका थिए ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार प्रियंका र निक छोरीको बुवाआमा बनेका छन् र शिशुको नामाकरण पनि गरेका छन् । प्रियंकाले आफ्नी छोरीको नाम मालती म्यारी चोपडा जोनस राखेकी छन् । उनले यो नाम दर्ता पनि गराएको हलिउड पोर्टल टीएमजेडले जनाएको छ । जन्मदर्तामा उल्लेख भएअनुसार मालतीको जन्म १५ जनवरीमा क्यालिफोर्नियाको सान डियागोमा राति ८ बजे भएको थियो ।

संस्कृतबाट लिइएको मालती शब्दको अर्थ हुन्छ, सुन्दर फूल र चन्द्रमा । म्यारी चाहिं ल्याटिन भाषाको स्टेला म्यारिसबाट लिइएको हो, जसको अर्थ समुन्द्रको तारा भन्ने हुन्छ । बाइबलमा पनि यसको अर्थ भगवान यशुकी आमा भन्ने हुन्छ ।

गत जनवरी २२ मा प्रियंका र निकले आफूहरु अभिभावक बनेको खबरलाई सार्वजनिक गरेका थिए । प्रियंकाको बच्चाको जन्म चिकित्सकले दिएको समयभन्दा १२ साता पहिले नै भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?