+
+
Shares

मेयरमा उठ्दिन, राजनीतिक यात्रा अघि बढाउँछु : रञ्जु दर्शना

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १४:०५

८ वैशाख, काठमाडौं । आसन्न स्थानीय तह निर्वाचनमा रञ्जु दर्शनाले उम्मेदवारी नदिने भएकी छन् । तर राजनीतिक यात्रा भने जारी राख्ने बताएकी छन् ।

विवेकशील साझा पार्टीमा विवाद चर्किएपछि रञ्जुले पार्टीबाट अलग भएको घोषणा गरेकी थिइन् । तर मिलन पाण्डे पक्षले आसन्न स्थानीय तह निर्वाचनमा रञ्जुलाई काठमाडौं महानगरपालिकाको मेयरमा उम्मेदवार बनाउन विकल्पमा छलफल गरेको थियो । २०७४ को चुनावमा पनि उनले २३ हजार ४३९ मत पाएकी थिइन् ।

रञ्जुले यो निर्वाचनमा उम्मेदवार नहुने बताएकी छन् । ‘म आफैंले अघिल्लो पटकको स्थानिय निर्वाचनमा गरेको वाचा, घर घर मतदातालाई बाँडेको घोषणापत्र बमोजिम काम नगरेको कारणले यस निर्वाचनमा आफुले मेयर पदको आकांक्षा राखि चुनाबमा प्रतिस्पर्धामा उत्रन नमिल्ने समिक्षा गरेको छु’ उनले भनेकी छन्, ‘यस स्थानिय निर्वाचनमा रन्जुको उम्मेदवारी रहने छैन ।’

स्थानीय निर्वाचनमा प्रतिस्पर्धा नगर्ने निर्णय गर्नुको अर्थ राजनीति छोड्नु भने नभएको उनले बताएकी छन् । राजनीतिक यात्रा अघि बढाउने भन्दै उनले भनेकी छन्, मेरो सक्रियता राष्ट्रिय मुद्दा, विषय, पार्टीको राजनीतिमा बढि व्यतित भएको छ । यसर्थ यिनै सक्रियता अनुसारको कदममा म अघि बढ्ने छु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?