+
+

वैदेशिक ऋण जनप्रतिनिधि पाल्न र गाडी किन्न खर्च भयो : लिङ्देन

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते १७:५२

८ वैशाख, बुटवल । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले वैदेशिक ऋणको ठूलो हिस्सा जनप्रतिनिधि पाल्न र उनीहरुलाई गाडी किन्न खर्च हुँदा ऋणको भार बढेको बताएका छन् ।

पार्टीले बिहीबार बुटवलमा गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले २०७४ सालको स्थानीय चुनाव हुँदासम्म ८ खर्ब रहेको वैदेशिक ऋण तीन तहका सरकारका मन्त्री र जनप्रतिनिधिलाई तलब भत्ता र गाडी किन्न खर्च हुँदा ५ वर्षमा दोब्बर भन्दा धेरै १७ खर्ब नाघेको बताए ।

‘अघिल्लो स्थानीय तहको चुनाव हुँदा वैदेशिक ऋण ८ खर्ब थियो, अहिले १७ खर्ब पुग्यो’, लिङ्देनले भने, ‘जनप्रतिनिधि पाल्न र गाडी किन्न यति धेरै ऋण लिएर करको दर र दायरा पनि बढाएर जनताले के पाए ?’ अध्यक्ष लिङ्देनले यही क्रम जारी रहे देशको आर्थिक अवस्था श्रीलंकाको जस्तै बन्न सक्ने तर्क गरे ।

भ्रष्टाचार मुलुकको मुख्य समस्या रहेको औंल्याउंदै लिङ्देनले आफ्नो पार्टीले जित्ने स्थानीय तहलाई भ्रष्टाचारमुक्त बनाउने दावी गरे । ‘हामीले जितेमा नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्छौं र भ्रष्टाचारीलाई तह लगाउछौं’ लिङ्देनले भने ।

सबै विकासको मूल जरो शिक्षा भएकाले आफ्नो दलले पहिलो नम्बरमा शिक्षालाई प्राथमिकता दिएको लिङ्देनले उल्लेख गरे । सभामा राप्रपाका नेता एवं पूर्वमन्त्री निरञ्जन थापा, पार्टी सहमहामन्त्री ताहिर अली, केन्द्रीय सदस्य रेखा थापा लगायतले देश र धर्म बचाउने राप्रपाको एजेण्डा भएको बताएका थिए ।

एकीकृत समाजवदीका केन्द्रीय सदस्य घिमिरे राप्रपा प्रवेश

सभामा नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य सैनामैनाका मीनप्रसाद घिमिरे सहित माओवादी केन्द्र, एमाले छाडेर दर्जनौं व्यक्तिलाई अध्यक्ष लिङ्देनले पार्टी प्रवेश गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?