+
+

माओवादी केन्द्रबाट जीतपुरसिमराको मेयरमा राजन पौडेलको नाम सिफारिस

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ८ गते २०:०१

८ वैशाख, वीरगञ्ज । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको मेयर उम्मेद्वारमा माओवादी केन्द्रकोतर्फबाट नेता राजन पौडेलको नाम सिफारिस भएको छ । माओवादी केन्द्रको उपमहानगर कमिटीले नगर प्रमुखमा पौडेलेको नाम सिफारिस गरेको हो ।

पार्टीको केन्द्रिय कमिटीलाई समेत उपमहानगर कमिटीले गरेको निर्णयको बारेमा जानकारी गराएको माओवादी केन्द्रले जनाएको छ ।

माओवादी केन्द्रका जीतपुरसिमरा नगर कमिटी अध्यक्ष प्रेम बरालले नगरप्रमुखमा पौडेलको मात्रै नाम सिफारिस गरिएको जानकारी दिए । ‘वैशाख ४ गते उपमहानगरकमिटिको बैठक बसेका थियौं । नगर प्रमुखको नाम सिफारिस गर्ने बारे छलफल भएको थियो’, उनले भने, ‘८० जना नगर कमिटी सदस्य मध्ये ५८ जना आउनुभएको थियो । एक जना बाहेक सबैले राजन जी कै नाम लिनुभयो । उहाँको नाम सिफारिस गरेर जिल्ला र प्रदेश इन्चार्जलाई पठाइसकेका छौं ।’

माओवादी केन्द्रमा उपमहानगर कमिटिले पठाएको नाम जिल्ला समन्वय समितिले प्रदेश कमिटिमा सिफारिस गर्ने प्रावधान छ ।

नगर प्रमुखका अन्य आकांक्षीहरु नगर कमिटीले छलफलका लागि बोलाएको बैठकमै नआएको स्रोतले जनाएको छ । सत्ता गठबन्धनले भागबण्डा गर्दा जीतपुरसिमराको मेयर माओवादीको भागमा परेको छ ।

उपमहानगरको प्रमुखका लागि संविधानसभा सदस्य जयराम दहाल, केन्द्रीय सदस्य क्षेत्रबहादुर श्रेष्ठ (अनिल), मधेस प्रदेश सदस्य गीता कंडेल, वडाध्यक्ष रामशरण बर्तौला, शिला खनाल, धनबहादुर श्रेष्ठ र रामराज चौधरी सहित ८ जनाले सहित १० जनाले इच्छा देखाएका थिए ।

माओवादी केन्द्र बारा जिल्ला समन्वय समिति इन्चार्ज गोपाल ठाकुरले एक जना राजन पौडेलको मात्रै नाम आएको तर त्यहि निर्णय अन्तिम हुन्छ भन्ने नरहेको बताए । उनले भने ‘त्यो सिफारिस प्रदेश कमिटीमा पठाउँछौं, जिल्ला समन्वय समिति भन्दा कार्यकारी प्रदेश कमिटी हो । उसले निर्णय गरेर केन्द्रिय कमिटीबाट अनुमोदन पनि गराउन सक्छ ।’

नेता पौडेल २०७४ को निर्वाचनमा पनि नगरप्रमुखको प्रत्यासी थिए । उनले ११ हजार २ सय ५१ मत ल्याएका थिए । नगरप्रमुखमा पराजित भए पनि पौडेलले राजनीति तथा सामाजिक क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?