+
+

नागढुंगाबाट ६ ग्राम ब्राउन सुगरसहित एकजना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १२:०१

९ वैशाख, काठमाडौं । प्रहरीले ६ ग्राम ब्राउन सुगरसहित एकजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-५ घर भई ३० वर्षीय रामकृष्ण भण्डारी रहेका छन् ।

काकरभिट्टादेखि काठमाडौंतर्फ आउदै गरेको प्र.१-०२-००१ख ९५२६ नम्बरको यात्रुबाहक बसलाई चेक जाँच गर्ने क्रममा नागढुंगाबाट उनलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौले जनाएको छ ।

उनको साथबाट प्रहरीले ब्राउन सुगर ६ ग्राम, नाइट्राभाइट ट्याबलेट ४ वटा, ओप्पो मोबाइल र परिचयपत्र बरामद गरेको छ ।

पक्राउ परेका उनलाई काठमाडौं जिल्ला अदालत काठमाडौंबाट ५ दिनको म्‍याद अनुमति लिई महानगरीय प्रहरी वृत थानकोटले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?