+
+

विकास आचार्यको ‘नाइँ नभन्नु ल ६’मा आँचल

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ९ गते १४:२९
अभिनेत्री आँचल शर्मा । फाइल तस्वीर

काठमाडौं । विकास आचार्यले निर्देशन गर्ने ‘नाइँ नभन्नु ल’को छैटौं श्रृंखलामा अभिनेत्री आँचल शर्मा अनुबन्धित हुने भएकी छन् ।

आँचलले ‘नाइँ नभन्नु ल ६’मा काम गर्ने मौखिक सहमति भइसकेको निर्देशक आचार्यले जानकारी दिए । फिल्मको नायक र अन्य कलाकार भने छनोट भइनसकेको उनले बताए । आँचलले आचार्यकै फिल्म ‘नाइँ न भन्नु ल ४’बाट फिल्मी करिअर सुरु गरेकी थिइन् ।

‘नाइँ नभन्नु ल’ का हरेक श्रृंखलामा मुख्य भूमिकामा देखिंदै आएका बालकलाकार अनुभव रेग्मी भने यो फिल्ममा अटाउने छैनन् । उमेर बढेका कारण फिल्ममा उनको भूमिका नरहने आचार्यले बताए ।

केही दिनमै पत्रकार सम्मेलन गरेर ‘नाइँ नभन्नु ल ६’का विषयमा औपचारिक जानकारी दिइने बताइएको छ ।  फिल्मको छायांकन भदौको दोस्रो साताबाट सुरु गरिने पनि निर्देशक आचार्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?