+
+

विराटनगरमा कांग्रेसका महिला कार्यकर्ताले घेरे पार्टी कार्यालय

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १२:४३

११ वैशाख, विराटनगर । नेपाली कांग्रेसका महिला कार्यकर्ताहरुले विराटनगरस्थित प्रदेश १ पार्टी कार्यालय घेराउ गरेका छन् ।

गठबन्धन गरेर चुनावमा जाँदा महिलालाई उम्मेदवार बन्नबाट बञ्चित गर्ने खेल भएको भन्दै विराटनगरस्थित पार्टी कार्यालय घेराउ गरेका हुन् ।

महिला नेतृ एवं कार्यकर्ताहरुले पार्टी कार्यालय घेराउ गर्दै महिलाको  अधिकार सुनिश्चित गर्न माग गरेका छन् । महिलाको हक अधिकार खोस्ने खेल भइरहेको भन्दै गठबन्धनलाई सहयोग गर्न नसक्ने उनीहरुले बताएका छन् ।

प्रदेश १ सांसद एवं नेपाल महिला संघ मोरङकी सभापति शान्ता  पौडेलले  गठबन्धन गर्दा महिलाको अधिकार कटौती गर्न खोजिएको बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?