+
+

जसपा छाडेका यादवले दिए विराटनगरको मेयरमा स्वतन्त्र उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १४:०५

११ वैशाख, विराटनगर । शनिबार जसपा छाडेको घोषणा गरेका उमेश यादवले विराटनगरको मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । जसपाबाट मेयरको दाबेदार उनले सत्तारुढ गठबन्धनमा विराटनगरको मेयर कांग्रेसले पाउने सहमति भएपछि पार्टी छाडेका थिए ।

आइतबार उनले  स्वतन्त्र रूपमा मेयरमा उम्मेदवारी दर्ता गरेका हुन् । विराटनगरको मेयर पदमा सक्रिय गौतमले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार हालसम्म २ जनाले मेयरमा उम्मेदवारी दर्ता गरेका छन् । दुवै उम्मेदवार स्वतन्त्र हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?