+
+

अर्घाखाँचीका स्थानीय तहमा एमालेले टुंग्यायो उम्मेदवार

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १६:५१

११ वैशाख, अर्घाखाँची । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि एमालेले अर्घाखाँचीमा उम्मेदवारको टुंगो लगाएको छ ।

तीन वटा नगरपालिका र तीन वटा गाउँपालिका रहेको अर्घाखाँचीमा पाणिनी गाउँपालिकाको उपाध्यक्ष बाहेक सबै पदका उम्मेदवारको टुंगो लागेको हो ।

तीन नगरपालिकामध्ये सन्धिखर्कको मेयरमा कृष्ण श्रेष्ठ र उपमेयरमा मिश्रा आचार्य उम्मेदवार चयन भएका छन् ।

भूमिकास्थान नगरपालिकाको मेयरमा रेशम थापा र उपमेयरमा बसन्ता पौडेल चयन भएका छन् । सितगंगा नगरपालिकाको मेयरमा बसन्तकुमार श्रेष्ठ र उपमेयरमा गिता भाट उम्मेदवार बन्ने एमालेले जनाएको छ ।

यसैगरी मालारानी गाउँपालिकाको अध्यक्षमा दलबहादुर भट्टराई र उपाध्यक्षमा दिपा पोखरेल चयन भएका छन् ।

छत्रदेव गाउँपालिकाको अध्यक्षमा दिपक पन्थी र उपाध्यक्षमा मनी पन्थी चयन भएका छन् । यस्तै पाणिनी गाउँपालिकाको अध्यक्षमा टेकराज न्यौपानेको टुंगो लागेको छ भने उपाध्यक्षको अझै टुंगो लागेको छैन ।

उपाध्यक्षको बारेमा छलफल जारी रहेकाले केही समयपछि टुंगो लाग्ने नेकपा एमाले अर्घाखाँचीका अध्यक्ष पिताम्बर भुसालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?