+
+

मनोनयनको पहिलो दिन घोराही उपमहानगरको मेयरमा ७ जनाको उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १९:४१

११ बैशाख, दाङ । उम्मेदवारी मनोनयनको पहिलो दिन दाङको घोराही उपमहानगरपालिकाको मेयरमा ७ जना र उप्रमुखमा ४ जनाले उम्मेदवारी दिएका छन् ।

राजनीतिक दलबाट ५ जना र स्वतन्त्रबाट २ जना गरी कुल ७ जनाले मेयर पदमा उम्मेदवारी दिएको घोराही निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

नेकपा मालेका नेत्रप्रसाद पाण्डेय, विवेकशिल साझा पार्टीका सूर्यप्रसाद पौडेल, मंगोल नेशनल अर्गनाइजेसनका कल्पना चौधरी, नेपाली कांग्रेस वीपीका गोविन्दप्रसाद शर्मा, मौलिक जरोकिलो पार्टीका दीर्घप्रसाद भण्डारीले मेयरमा उम्मेदवारी दिएका छन् । यसैगरी स्वतन्त्रबाट श्रीमानकुमार न्यौपाने र लिलाबहादुर पुनले प्रमुख पदमा उम्मेदवारी दिएको निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए ।

त्यसैगरी राजनीतिक दलबाट उप्रमुखमा तीन जना र स्वतन्त्रबाट एक जना गरी कुल ४ जनाले उम्मेदवारी दिएका छन् । थापाका अनुसार नेकपा मालेका राधिका क्षेत्री, मंगोल नेशनल अर्गनाइजेसनका निर्मल थापा, विवेकशील साझा पार्टीका लक्ष्मी जीएम र स्वतन्त्रबाट बसन्तकुमारी भट्टाराईले उम्मेदवारी दिएकी छन् ।

घोराहीमा निर्वाचन अधिकृत कार्यालयले उम्मेदवारी मनोनयन दर्ताका लागि साना दललाई आइतबारको समय दिएको थियो । ठूला दलले भने सोमबार मनोनय दर्ता गराउने छन् । सोही अनुसार साना दल र स्वतन्त्रबाट पहिलो दिन उम्मेदवारी दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?