+
+
मनोनयनको पहिलो दिन :

रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा दर्जित रोकामगरले दिए स्वतन्त्र उम्‍मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १९:४१

११ वैशाख, रोल्पा । मनोनयनको पहिलो दिन रोल्पाको थवाङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्‍मेदवारी दर्ता भएको छ । थवाङ गाउँपालिका वडा नं. २ का दर्जित रोकामगरले स्वतन्त्र उम्‍मेदवारी दर्ता गराएका हुन ।

उनले निर्वाचन अधिकृतको कार्यालय थवाङमा आज ४ : ४५ उम्‍मेदवारी दर्ता गराएका थिए । थवाङको एकता कायम राख्ने भन्दै गरिएको प्रयास निरर्थक भएपछि आफूले स्वतन्त्र उम्‍मेदवारी दिएको रोकाले प्रतिक्रिया दिए । उनको मनोनयनमा प्रस्तावक आलोककुमार शाह र समर्थक वसन्त रोकमगरले रहेका छन ।

थवाङ गाउँपालिकावाट नेकपा माओवादी केन्द्र, नेपाली काँग्रेस र नेकपा एमालेले उम्‍मेदवारी घोषणा गरिसकेका छन् ।

नेकपा माओवादीले ऋषिकेशव वुढालाई उम्‍मेदवार सिफारिस गरेको छ भने नेपाली काँग्रेसवाट खरिलाल डाँगी र नेकपा एमालेवाट रविन्द्र रोकामगरको उम्‍मेदवारीका लागि सिफारिस भएको छ ।

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाबाट जयप्रकाश रोकाले गाउँपालिका अध्यक्षमा उम्‍मेदवारी दिने चर्चा सुनिए पनि उनले पनि आज उम्‍मेदवारी दर्ता नगराएको स्थानीय गोविन्द सहयात्रीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?