+
+

लमजुङमा पहिलो दिन साना दलको मात्र उमेदवारी दर्ता

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख ११ गते १९:५४

११ वैशाख, लमजुङ । स्थानीय तह निर्वाचनका लागि लमजुङमा आइतबार साना दलले मात्रै उमेदवारी दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायधीश शिवप्रसाद खनालका अनुसार आइतबार राप्रपा, मंगोल नेशनल अर्गनाइजेशनलगायतका साना दलले उमेदवारी दर्ता गराएका छन् ।

बेंसीशहर नगरपालिकामा १७ जनाले उमेदवारी दिएका छन् । बेंसीशहर नगरपालिकाको प्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनका कुलुकुमारी गुरुङ र राप्रपाका अजितबहादुर अधिकारीले उमेदवारी दर्ता गराएका छन् ।

नगरपालिकाको उपप्रमुखमा मंगोल नेशनल अर्गनाइनेशनका पदममाया गुरुङ र राप्रपाका मेनुका कार्कीको उमेदवारी दर्ता भएको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले बताए ।

वडा नं. २ मा राप्रपाका बुद्धिबहादुर बोहोरा, ५ को अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेनशका कमलराज गुरुङ, वडा नं. ७ को अध्यक्षमा डम्मरकुमारी गुरुङ, ८ को अध्यक्षमा राप्रपाका तिर्थमान श्रेष्ठ, १० को अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेशनका खेमबहादुर गुरुङको उमेदवारी परेको छ ।

११ को अध्यक्षमा राप्रपाका श्रीराम विष्टको उमेदवारी दर्ता भएको छ । अन्य वडा सदस्यका लागि पनि उमेदवारी परेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

सुन्दरबजार नगरपालिकामा खटिएका निर्वाचन अधिकृत जीवनिधि पौडेलका अनुसार सुन्दरबजार नगरपालिकाको प्रमुखमा राप्रपाका सन्तबहादुर बस्नेत र मंगोल नेशनल अर्गनाइजेशनका भिमराज गुरुङको उमेदवारी दर्ता भएको छ ।

उपप्रमुखमा राप्रपाकी पार्वती वाग्ले पौडेल र मंगोल नेशनल अर्गनाइजेशनका बालकुमारी कामीले मनोनयन दर्ता गराएका छन् । वडाअध्यक्षमा राप्रपाका तर्फबाट वडा नं. १ का लागि नारायणबहादुर गुरुङ, वडा नं. २ का लागि विष्णुबहादुर खड्का, वडा नं. ४ का लागि टेकबहादुर गुरुङ, वडा नं. ६ का लागि ज्योतिकुमार पण्डित र वडा नं. ८ का लागि दीपक कार्की गरी ५ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट वडा नं. २ मा दिलबहादुर कामी, वडा नं. ५ मा शुभमाया गुरुङ, वडा नं. ६ मा विष्णुबहादुर गुरुङ र वडा नं. ७ मा रामकाजी गुरुङ गरी ४ जनाले वडाअध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । अन्यले वडा सदस्यतर्फ उमेदवारी दिएका छन् ।

क्व्होलासोंथर गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत तुलसीप्रसाद घिमिरेका अनुसार वडा नं. ९ का लागि मंगोल नेशनल अर्गनाइजेनशका किरणबहादुर गुरुङले मनोनयन दर्ता गरेका छन् ।

यस्तै, मध्यनेपाल नगरपालिकामा खटिएका निर्वाचन अधिकृत दुर्गाप्रसाद भुर्तेलका अनुसार मध्यनेपाल नगरपालिकाको प्रमुखमा मंगोल नेशनल अर्गनाइजेशनका महेन्द्र गुरुङले उमेदवारी दिए । मध्यनेपाल नगरपालिका ४ को अध्यक्षका लागि सूर्यबहादुर अधिकारी र भैरवप्रसाद न्यौपानेको स्वतन्त्र उमेदवारी परेको छ ।

राइनास नगरपालिकामा खटिएका निर्वाचन अधिकृत घनश्याम न्यौपानेका अनुसार राप्रपाबाट प्रमुखमा नरबहादुर पाण्डेले र उपप्रमुखमा सपना शाही मल्लले उमेदवारी दर्ता गराएका छन् ।

दूधपोखरी गाउँपालिकामा खटिएका रामप्रसाद आचार्यका अनुसार दूधपोखरी गाउँपालिकामा वडा नं. ५ को अध्यक्षमा मंगोल नेश्नल अर्गनाइजेशन मेगबहादुर तामाङको उम्मेदवारी परेको छ । एमाले, कांग्रेस र माओबादी केन्द्रले उमेदवार मनोनयनका लागि फारम लगे पनि दर्ता भने गरेका छैनन् ।

मर्स्याङदी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत उदयराज काफ्लेका अनुसार एमाले, कांग्रेस, माओबादी केन्द्र र राप्रपाले फारम लगे पनि दर्ता गरेका छैनन् ।

दोर्दी गाउँपालिकामा खटिएका निर्वाचन अधिकृत हरिप्रसाद ज्ञवालीका अनुसार वडा ९ को अध्यक्षमा मंगोल नेशनल अर्गनाइजेनशबाट प्रेमबहादुर गुरुङको उमेदवारी परेको छ । यस्तै वडा नं. ९ को सदस्यका लागि मंगोल नेशनल अर्गनाइजेशनबाट २ जना र राप्रपाबाट २ जनाको उमेदवारी परेको छ ।

राइनास नगरपालिकाको प्रमुखमा राप्रपाबाट प्रमुखमा नरबहादुर पाण्डे र उपप्रमुखमा सपना शाही मल्लको उमेदवारी परेको छ ।

राइनास नगरपालिका वडा नं. १ को अध्यक्षका लागि नेकपा एमालेबाट बलराम घिमिरे, वडा नम्बर २ को अध्यक्षमा लक्ष्मण शाही, वडा नम्बर ३ को अध्यक्षमा यमबहादुर बराकोटी, राइनास नगरपालिका वडा नम्बर ५ को अध्यक्षमा रंजित कुमाल, ६ को अध्यक्षमा लक्ष्मण चिलवाल, ७ मा गोपाल नेपाली, ८ को अध्यक्षमा कृष्णबहादुर रानाभाट, १० मा अध्यक्षमा हेमनाथ गुरुङको उमेदवारी परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?