+
+
Shares

डेढ करोड रुपैयाँ बराबरको चरेससहित पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १४:४५

१२ वैशाख, नेपालगञ्ज । नेपाल भारत सीमा क्षेत्र रुपैडिहामा ९० लाख रुपैयाँ बराबरको चरेससहित एक नेपाली पक्राउ परेका छन् ।

भारतीय सीमा क्षेत्रमा रहेको आदर्श थाना रुपैडिहाका अनुसार दुई किलो नौ सय ग्राम चरेससहित बर्दियाका एक व्यक्ति पक्राउ पक्राउ परेका हुन् ।

भारतीय प्रहरीले लागुऔषध तस्कारी रोकथामका लागि चलाएको अभियान दौरान गस्तीमा रहेको टोलीले भारतीय सीमा क्षेत्र पचपकडी गाउँमा शंका लागेर जाँच गर्दा बर्दिया गुलरियाका छविलाल देवकोटालाई चरेससहित पक्रेको भारतीय प्रहरीलाई उदृत गर्दै भारतीय पत्रकार सन्तोष शुक्लाले जानकारी दिए ।

थाना रुपैडिहाका प्रभारी निरीक्षक प्रमोदकुमार त्रिपाठीको कमाण्डमा खटिएको गस्ती टोलीले गुलरिया नगरपालिका वडा नं. १४ का देवकोटालाई नेपाल भारत पिलर नम्बर ६५२/१५ नजिकैबाट पक्राउ गरेको हो ।

प्रहरीले वरामद गरेको चरेसको मुल्य डेढ १ करोड नेपाली रुपैयाँ बराबर रहेको अनुमान छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?