+
+

नीताको ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १८:३५

काठमाडौं । नीता फिल्म्सले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’मा बलिउड अभिनेता प्रदीप रावत अनुबन्धित भएका छन् ।

अभिनेत्री तथा निर्मात्री ढुंगानाले अभिनेता रावतलाई कलाकारको रुपमा लिइएको जानकारी दिएकी छिन् । शुक्रबार रावत र निर्माण कम्पनीबीच भर्चुअल सम्झौता भएको छ ।

‘भोजपुरी फिल्म माही गर्दादेखि नै उहाँसँग राम्रो सम्बन्ध भएकाले अप्रोचमा सजिलो भयो,’ नीताले अनलाइनखबरसँग भनिन्, ‘स्क्रिप्ट लेखनदेखि नै हामीले उहाँलाई नै सोचेका थियौं ।’

फिल्ममा नेगेटिभ र पोजेटिभ दुवै भूमिकामा अभिनेता रावतलाई देख्न सकिने नीताले बताइन् । मंगलबार एक चर्चित दक्षिण भारतीय अभिनेतालाई समेत फिल्ममा अनुबन्धित गर्ने तयारी रहेको नीताले जानकारी दिइन् ।

बलिउड, तेलुगू र तामिल फिल्मका चर्चित नाम समेत रहेका रावतले चर्चित हिन्दू सिरियल महाभारतमा अस्वस्थामा चरित्रको भूमिका पनि निर्वाह गरेका थिए ।

चर्चित हिन्दी फिल्म सरफरोस, लगान, गजनीमा समेत उनको मूख्य भूमिका छ । फिल्ममा यसअघि चर्चित बलिउड छायांकार कविर लाल अनुबन्धित भइसकेका छन् ।

फिल्ममा अहिलेसम्म रावतसहित कलाकारको रुपमा नीता, सलोन बस्नेत र हरिहर अधिकारी फाइनल छन् । असारदेखि फिल्म छायांकन सुरु हुने निर्मात्री नीताले बताइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?