+
+

गुल्मीका १२ स्थानीय तहमा को को भए उम्मेदवार ?

अनलाइनखबर अनलाइनखबर
२०७९ वैशाख १२ गते १९:०३

१२ वैशाख, गुल्मी । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीमा उम्मेदवारहरुले मनोनयन दर्ता गरेका छन् ।

दुई नगरपालिका र १० गाउँपालिका गरी १२ वटा स्थानीय तहका प्रमुख र उपप्रमुख तथा ९३ वटै वडाअध्यक्ष पदका लागि उम्मेदवारहरुले मनोनयन दर्ता गराएका हुन् ।

नेकपा एमालेबाट रेसुंगा नगरपालिकाको प्रमुखमा राजेन्द्र पाण्डे र उपप्रमुखमा रीता पाण्डेले मनोनयन दर्ता गराएका छन् । नेपाली कांग्रेसको तर्फबाट प्रमुखमा जिल्ला सभापति खिलध्वज पन्थी र उपप्रमुखमा अमृता कुँवरले मनोनयन दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मुसीकोट नगरपालिकामा नेकपा एमालेबाट प्रमुखमा जीवन खरेल र उपप्रमुखमा गंगा श्रेष्ठले मनोनयन दर्ता गराएका छन् भने कांग्रेसबाट प्रमुखमा हरिनारायण सापकोटा र उपप्रमुखमा नेकपा एकीकृत समाजबादीका नेता श्रीराम महतले मनोनयन दर्ता गराएका छन् । यस्तै जिल्लाको कालीगण्डकी गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि रामजी ढकाल उपाध्यक्षमा मञ्जु दर्लामी, कांग्रेसबाट बेदबहादुर थापाले अध्यक्षमा र राष्ट्रिय जनमोर्चाका तारा थापाले उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन् ।

यस्तै अध्यक्षमा स्वतन्त्र रुपम घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराएका छन् ।

सत्यवती गाउँपालिकामा एमालेबाट अध्यक्षमा टीकाराम पाण्डे र उपाध्यक्षमा निरमाया राहादीले मनोनयन दर्ता गराएका छन् । कांग्रेसबाट अध्यक्षमा पारिश्वर ढकाल, उपाध्यक्षमा तेजकुमारी थापाले मनोनयन दर्ता गराएका छन् । यस्तै राष्ट्रिय जनमोर्चाबाट ओमबहादुर कुँवर र स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

चन्द्रकोट गाउँपालिका अध्यक्षमा एमालेबाट चेतन बस्नेत र उपाध्यक्षमा राधिका अर्यालले उम्मेदवारी दर्ता गराएका छन् । त्यस्तै माओवादी केन्द्रबाट अध्यक्षमा युवराज केसी र उपाध्यक्षमा कांग्रेसबाट विष्णुप्रसाद भण्डारीले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृत लोकनाथ भुसालले जानकारी दिए ।

रुरु क्षेत्र गाउँपालिकामा एमालेबाट अध्यक्षमा हिमाल श्रेष्ठ र उपाध्यक्षमा मीना गौतमले उम्मेदवारी दर्ता गराएका छन् । अध्यक्षमै माओवादी केन्द्रबाट यदु ज्ञवाली र उपाध्यक्षमा कांग्रेसकी दुर्गा ज्ञवालीेले मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत बसन्तप्रसाद भण्डारीले जानकारी दिए ।

छत्रकोटमा एमालेबाट अध्यक्षका लागि रामप्रसाद पाण्डे र उपाध्यक्षमा साबित्रा ज्ञवालीले मनोनयन दर्ता गराएका छन् । यस्तै अध्यक्षमै कांग्रेसका अनन्त पौडेलले र उपाध्यक्ष जनमोर्चाका गुमानसिंह पुनले मनोनयन दर्ता गरेको निर्वाचन अधिकृत राजेन्द्रबहादुर अर्यालले जानकारी दिए ।

इश्मा गाउँपालिकामा एमालेबाट अध्यक्षमा हीरा एसी र उपाध्यक्षमा बिमला खत्रीको मनोनयन दर्ता भएको छ । नेपाली कांग्रेसबाट अध्यक्षमा भगतसिंह खड्का र उपाध्यक्षमा पार्वती कुँवरको मनोनयन दर्ता भएको छ ।

मालिका गाउँपालिकामा एमालेबाट अध्यक्षमा रितबहादुर थापा र उपाध्यक्षमा रनमाया पुनले मनोनयन दर्ता गराएका छन् ।

मदाने गाउँपालिकामा एमालेबाट अध्यक्षका लागि प्रेम केसी र उपाध्यक्षमा सरिता खड्काले मनोनयन दर्ता गराएका छन् । यस्तै सत्तारुढ गठबन्धनबाट महेन्द्र कुँवर अध्यक्ष र उपाध्यक्षमा बेगम चन्दको मनोनयन दर्ता भएको छ ।

राप्रपाबाट गाउँपालिकाको अध्यक्षमा जनक शेन, स्वतन्त्र रुपमा दिनेश कुँवर क्षेत्रीले मनोनयन दर्ता गराएका छन् । धुर्कोट गाउँपालिकामा एमालेबाट अध्यक्षमा गोपाल कुँवर, उपाध्यक्षमा सीत गिरी, माओबादी केन्द्रबाट भुपाल पोखरेल जसपाबाट गणेश कुँवर, राप्रपाबाट शेखरनाथ घिमिरे र मंगोल नेशनल अर्गनाइजेशनबाट धर्मराज दर्लामीले मनोनयन दर्ता गराएका छन् ।

नेपाली कांग्रेसको तर्फबाट महेन्द्र भण्डरीले अध्यक्षमा र एकीकृत समाजवादीबाट कमला सुनारले उपाध्यक्ष पदमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत मुना पौडेलले जानकारी दिइन ।

गुल्मीदरबारमा गठबन्धन भएन 

गुल्मीदरबार गाउँपालिकामा एमालेबाट अध्यक्षमा कृष्ण भुसाल र उपाध्यक्षमा सुशीला पुनको मनोनयन दर्ता भएको छ । कांग्रेसबाट अध्मा सरोजकुमार थापा, उपाध्यक्षमा तारा थापा ढेंगाको मनोनयन दर्ता भएको निर्वाचन अधिकृत भीमप्रसाद भुसालले जानकारी दिए ।

यस्तै नेकपा माओबादी केन्द्रबाट अध्यक्षमा शेरबहादुर सर्तुङ्गे र उपाध्यक्षमा शिखा रेश्मीले मनोनयन दर्ता गराएका छन् । यस्तै नेकपा एकीकृत समाजबादीबाट उपाध्यक्षमा नगेन्द्र किरण ठकुरीले पनि मनोनयन दर्ता गराएका छन् ।

धेरै जसो स्थानीय तहमा दिउँसो साढे चार बजेबाट मात्रै मनोनयन गर्ने क्रम रहेकाले उम्मेदवारको सूची आउन समय लाग्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

स्थानीय तह निर्वाचनको लागि जिल्लामा २ लाख २४ हजार २७६ जना मतदाता रहेका छन् । निर्वाचनको लागि १४२ मतदान स्थल रहेको छ भने २ सय ७९ वटा मतदान केन्द्र छ । जिल्ला निर्वाचन कार्यालय गुल्मीका अनुसार गुल्मीमा ४ सय ८९ जनप्रतिनिधि निर्वाचित हुनेछन् ।

८ वटा स्थानीय तहमा उम्मेदवार दोहोरिए

जिल्लाका ८ स्थानीय तहका प्रमुख र उपप्रमुखको उम्मेदवारमा पुरानै अनुहार दोहारिएका छन् । ०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचन (नेकपा) एमाले निर्वाचित मालिका गाउँपालिकाका अध्यक्ष रितबहादुर थापा, इस्मा गाउँपालिकाकी उपाध्यक्ष बिमला खत्री, मदाने गाउँपालिका उपाध्यक्ष सरिता खड्का, चन्द्रकोट गाउँपालिका उपाध्यक्ष राधिका अर्यालले सोही पदमा पुन उम्मेदवारी दिएका छन् ।

नेपाली कांग्रेसबाट निर्वाचित सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकाल, कालिगण्डकी गाउँपालिका अध्यक्ष बेद थापा र उपाध्यक्ष पदमा जनमोर्चाबाट निर्वाचित तारा थापाले पनि दोस्रो कार्यकालका लागि उम्मेदवारी मनोनयन गरेका हुन् ।

धुर्कोट गाउँपालिका अध्यक्ष भुपाल पोखरेलले पुनः पालिका अध्यक्षमा मनोनयन दर्ता गराएका छन् । त्यस्तै जिल्ला समन्वय समिति गुल्मीका सदस्य चेतन बस्नेतले चन्द्रकोट गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन गराएका छन् ।

सत्यवती गाउँपालिकामा स्वतन्त्रबाट ठगप्रसाद शर्माले अध्यक्षमा मनोनयन दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कालिगण्डकी गाउँपालिकामा गाउँपालिका अध्यक्ष पदमा स्वतन्त्र अध्यक्षमा घनश्याम ढकाल र उपाध्यक्षमा रमेश पाण्डेले मनोनयन दर्ता गराएका छन् ।

मदाने गाउँपालिकामा स्वतन्त्रबाट गाउँपालिका अध्यक्षमा दिनेश कुँवर क्षेत्रीले मनोनयन दर्ता गराएका छन् । मुसीकोट नगरपालिकामा नगरप्रमुखमा स्वतन्त्रबाट बिपिन रायमाझीले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?